Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
एमालेको मिसन ग्रास रूट अभियान जारी, झोवाङमा बैठक – Sarangi News

पोखरा । ने क पा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत मंगलबार  कास्किको अन्नपूर्ण गाउँपालिका वडा न. ५ झोवाङ्गमा वडा कमिटिको बिस्तारित  बैठक सम्पन्न भएको छ ।

बैठक  केन्द्रिय कमिटी  सदस्य कल्पना चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। चापागाईंले संगठन मजबुत बनाउदै देशको  समृद्धिका खातिर बलियो एमाले यो अभियानको लक्ष्य भएको हुँदा टोल टोल र घर घरमा पुग्न आग्रह गर्नु भयो।

उक्त बैठकमा प्रदेश कमिटी सचिबालय सदस्य तथा जिल्ला समन्वय समिती कास्कीका प्रमुख  लिलाधर पौडेल ,गण्डकी प्रदेश कमिटी  सचिबालय सदस्य दिपक पौडेल ,   प्रदेश कमिटी सदस्य हरिकृष्ण भट्टराई, जिल्ला कमिटी  सदस्य  कृतिनाथ देबकोटा, सो पार्टीका अन्नपूर्ण  गाउँपालिका कमिटी  अध्यक्ष बिबेक देबकोटा  लगायतले अभियानको बारेमा प्रकाश  पार्नुभएको थियो।

यसअघि  ने क पा( एमाले ) अन्नपूर्ण गाउँपालिका कमिटी कास्कीको पूर्ण बैठकले संगठन सुदृढीकरण राष्ट्रिय  अभियान अन्तर्गत उक्त अभियान संचालन गर्ने निर्णय गरेको  थियो । बैठकले टोलदेखि वडा सम्मका विभिन्न कार्ययोजना तयार गरेको  गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो ।

यस अघि सो अभियान अन्तर्गत  पालिकाका वडा न ११,१० ६ र ५ बैठकहरू सम्पन्न हुनुका साथै अग्रजहरूको सम्मान कार्यक्रम सम्पन्न भैसकेका छन।

बैठक   ने क पा (एमाले) गाउँपालिका वडा न. ५ कमिटीका  अध्यक्ष लाल बहादुर के .सी. को अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सदाखर पौडेल र संचालन गोबिन्द पौडेलले   गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP