Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
एमालेको मिसन ग्रास रूट : माछापुच्छ्रेमा सचिवालय बैठक – Sarangi News

पोखरा । ने क पा एमाले माछापुच्छ्रे  गाउँपालिका कमिटीले मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत बिहीवार सचिबालय  बैठक सम्पन्न गरेको छ ।

बैठक  केन्द्रिय कमिटी  सदस्य कल्पना चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। चापागाईंले संगठन मजबुत बनाउदै देशको  समृद्धिका खातिर बलियो एमाले यो अभियानको लक्ष्य भएको हुँदा टोल टोल र घर घरमा पुग्न आग्रह गर्नु भयो।

उक्त बैठकमा पगण्डकी प्रदेश कमिटी  सचिबालय सदस्य दिपक पौडेल ,  एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी लगायतले सो  अभियानको बारेमा प्रकाश  पार्नुभएको थियो।

सो  बैठकले संगठन सुदृढीकरण राष्ट्रिय  अभियान अन्तर्गत उक्त अभियान संचालन गर्ने र सो का लागि वडा बैठक ,भेला प्रशिक्षण सहित जिल्ला ,प्रदेश र गाउँ कमिटिका सदस्यहरूको सहभागितामा बिस्तारित बैठक समेत आयोजना गरि अभियानलाई प्रभाबकारी रूपले अगाडि बढाउने  कार्ययोजना तयार गरेको  गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो ।

बैठक   ने क पा (एमाले) गाउँपालिका कमिटी अध्यक्ष बिक्रम गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP