Trend
साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||  
बुधबार , साउन २२, २०८२
एमालेको मिसन ग्रास रूट : माछापुच्छ्रेमा सचिवालय बैठक – Sarangi News

पोखरा । ने क पा एमाले माछापुच्छ्रे  गाउँपालिका कमिटीले मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत बिहीवार सचिबालय  बैठक सम्पन्न गरेको छ ।

बैठक  केन्द्रिय कमिटी  सदस्य कल्पना चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। चापागाईंले संगठन मजबुत बनाउदै देशको  समृद्धिका खातिर बलियो एमाले यो अभियानको लक्ष्य भएको हुँदा टोल टोल र घर घरमा पुग्न आग्रह गर्नु भयो।

उक्त बैठकमा पगण्डकी प्रदेश कमिटी  सचिबालय सदस्य दिपक पौडेल ,  एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी लगायतले सो  अभियानको बारेमा प्रकाश  पार्नुभएको थियो।

सो  बैठकले संगठन सुदृढीकरण राष्ट्रिय  अभियान अन्तर्गत उक्त अभियान संचालन गर्ने र सो का लागि वडा बैठक ,भेला प्रशिक्षण सहित जिल्ला ,प्रदेश र गाउँ कमिटिका सदस्यहरूको सहभागितामा बिस्तारित बैठक समेत आयोजना गरि अभियानलाई प्रभाबकारी रूपले अगाडि बढाउने  कार्ययोजना तयार गरेको  गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो ।

बैठक   ने क पा (एमाले) गाउँपालिका कमिटी अध्यक्ष बिक्रम गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP