Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
करिब १४ वर्षपछि देशभरका क्याम्पसहरूमा मतदान सुरु, १३ क्याम्पसमा स्थगित – Sarangi News

पाेखरा । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । करिब १४ वर्षपछि साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गरिरहेका छन् ।

केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन ।राजधानीका त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, पुल्चोक क्यापस, थापाथली क्याम्पस, शंकरदेव, ल क्याम्पस, पदमा क्यन्या क्याम्पसमा मतदान सुरु भएको छ । आर आर क्याम्पस, अमृत साइन्स क्यापस, पशुपति क्याम्पस र कोटेश्वर क्याम्पसमा भने चुनाव स्थगित भएको अखिल क्रातिकारीका काठमाडौँ जिल्ला अध्यक्ष मदन ढकालले बताए ।

बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ । निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छन् । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP