Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बालबालिकाहरूबिच परामर्श कार्यशाला – Sarangi News

पोखरा । चिल्ड्रेन नेपालको समन्वय/ब्यबस्थापन र आस्मान नेपाल, ललितपुरको सहयोगमा श्रमिक बालबालिकाहरुको निम्ति परामर्श कार्यशाला सम्पन्न भएको छ । बालबालिकाले अनुभव गरेका बालबालिकाको श्रमका फाइदाहरु,चुनौतीहरु,जोखिमहरु र जटिलता लाई बुझ्न श्रमिक र गैर श्रमिक बालबालिकाहरुसंग परामर्श गर्ने उद्देश्यले कार्यशाला भएको थियो । कार्यक्रममा १८ जना फरकफरक काममा सम्लग्न बालबालिकाहरुको सक्रिय सहभागिता रहेको थियो ।

कार्यशालामा बाल श्रम के ? किन ?, जिवनको एक दिन,शारीरिक नक्साङकन, बालबालिकाले गर्न सक्ने र नसक्ने कामको नक्सान्कन,बाल श्रम न्यूनीकरणमा सरोकारवालाको भुमिका,लगायतका बिसयमा सहजीकरण भएको थियो । बालबालिकाले रुचि अनुसार बाल श्रमको सम्बन्धमा उनीहरुलाई मन पर्ने र मन नपर्ने बिषयलाई चित्र मार्फत प्रस्तुति गरेका थिए । आफुलाइ खुशी लाग्ने र दुख लाग्ने क्षणको बारेमा पनि छलफल गरेका थिए। कार्यशालालाई आस्मान नेपालका गंगा सुबेदी र चिल्ड्रेन–नेपालका रमेश सुवेदी र सुनिता तिमिल्सिनाले सहजीकरण गर्नु भएको थियो । कार्यशालामा चिल्ड्रेन–नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन २०७५, बालश्रम निषेध र नियमित गर्न बनेको ऐन र श्रम ऐनले तोकेभन्दा कम उमेरका बालबालिकाहरूलाई काममा लगाउनुलाई‘बालश्रम’मानेको छ यसको पुर्ण कार्यन्वयन हुन जरुरी छ । सो भएमा मात्र बालश्रम न्यूनीकरणमा सहयोग पुग्ने भन्ने कुरा ब्यक्त गर्दै सबै सरोकारवालाले ध्यान दिनु पर्ने कुरा ब्यक्त गर्नु भएको थियो ।
बालबालिकाका लागी गुणस्तरीय शिक्षा सुनिश्चित गरी बालश्रम मुक्त तथा बालमैत्री समाजको निर्माण गर्ने उद्धेश्यलाई सहयोग पुर्याउनको लागी कार्यशाला भएको कुरा चिल्ड्रेन–नेपालका सह सयोजक रमेश सुवेदीले बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP