Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
४० वटा गोहीको घेरामा हेरचाह गर्ने मानिस फसेपछि… – Sarangi News

कम्बोडिया : कम्बोडियामा गोहीको हेरचाह गर्ने व्यक्ति नै गोहीको घेरामा फसे । झण्डै ४० वटा गोहीले आँखा झिम्काउन नभ्याउँदै उनलाई हमला गरेर मारिदिए।

स्थानीय प्रहरीका अनुसार लुआन नाम गरेका ७२ वर्षीय मानिस अण्डामा बसेको गोही हटाउन लौरो लिएर गएका थिए। तर गोहीले त्यो लट्ठी आफ्नो मुखलेसमातेर आफ्नो घेराभित्रै उनलाई तान्यो। त्यही क्रममा करिब ४० गोहीले उनलाई आक्रमण गरे ।

घटना शुक्रबार सिम रीप सहरमा भएको हो । मारिएका व्यक्तिको शरीरभर टोकाइको निशान थियो । उनको एउटा हात पनि हराइरहेको छ । उनी गोही पालन किसान संघको अध्यक्ष पनि थिए ।

सन् २०१९ मा यही फार्ममा गोहीको आक्रमणबाट दुई वर्षीया बालिकाको मृत्यु भएको थियो । यो फार्म विश्व प्रसिद्ध अंकोरवाट मन्दिरको अगाडि छ।

दक्षिण एसियाली देशहरूमा गोहीको अण्डा, छाला र मासु प्रयोग गरिन्छ। बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP