लमजुङ कारागार देखी फरार दुवै कैदी पक्राउ। – Sarangi News

लमजुङ। लमजुङ जिल्ला कारागारबाट भागेका दुवैजना कैदी फेला परेका छन। जेठ १८ गते विहान करिब दुई बजेको समयमा फरार भएका हुन् ।

लमजुङ स्थित बेशिसहर कारागारबाट उनीहरू फरार भएका थिए । फरार भएको उक्त खबर पाउनसाथ लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमल आफै प्रहरी टोलीका साथ फरार भएका कैदीको खोजीकार्यमा खटिएका थिए । फरार भएका मध्य बिष्णु बि कलाई हिजो बिहान बेसीशहर नगरपालिका– २ को चिसापानी जंगलबाट पक्राउ गरेको थियो भने अर्का फरार चन्द्र बहादुर गुरुङ भने गाईखुरे झरना र चिप्लेटी नजिकै जङलबाट तल झर्दै गरेको अवस्थामा हिजो राती ११ बजे पक्राउ परेको डिएसपी श्रीमलले बताउनु भएको छ।

फरार भएका पक्राउपर्नेहरूमा लमजुङको मध्यनेपाल नगरपालिका– ४ दुईपिप्ले घर भएका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका– ३ घट्टेखोला घर भई पोखरा महानगरपालिका १६ बस्ने ३७ वर्ष का चन्द्रबहादुर गुरूङ रहेको कारागार स्रोतले बताएको छ । स्रोतका अनुसार कैदिले नै बुनेका बस्ने बुढाको प्रयोग गरी कारागारको पर्खाल नाघेर ती कैदी भागेका हुन ।

विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएको कारागार प्रशासनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP