Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
लमजुङ कारागार देखी फरार दुवै कैदी पक्राउ। – Sarangi News

लमजुङ। लमजुङ जिल्ला कारागारबाट भागेका दुवैजना कैदी फेला परेका छन। जेठ १८ गते विहान करिब दुई बजेको समयमा फरार भएका हुन् ।

लमजुङ स्थित बेशिसहर कारागारबाट उनीहरू फरार भएका थिए । फरार भएको उक्त खबर पाउनसाथ लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमल आफै प्रहरी टोलीका साथ फरार भएका कैदीको खोजीकार्यमा खटिएका थिए । फरार भएका मध्य बिष्णु बि कलाई हिजो बिहान बेसीशहर नगरपालिका– २ को चिसापानी जंगलबाट पक्राउ गरेको थियो भने अर्का फरार चन्द्र बहादुर गुरुङ भने गाईखुरे झरना र चिप्लेटी नजिकै जङलबाट तल झर्दै गरेको अवस्थामा हिजो राती ११ बजे पक्राउ परेको डिएसपी श्रीमलले बताउनु भएको छ।

फरार भएका पक्राउपर्नेहरूमा लमजुङको मध्यनेपाल नगरपालिका– ४ दुईपिप्ले घर भएका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका– ३ घट्टेखोला घर भई पोखरा महानगरपालिका १६ बस्ने ३७ वर्ष का चन्द्रबहादुर गुरूङ रहेको कारागार स्रोतले बताएको छ । स्रोतका अनुसार कैदिले नै बुनेका बस्ने बुढाको प्रयोग गरी कारागारको पर्खाल नाघेर ती कैदी भागेका हुन ।

विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएको कारागार प्रशासनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP