शनिबार , साउन १२, २०८१
भोर्लेटारमा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिका भोर्लेटारमा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र लमजुङ र गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशानालयको आयोजनामा तथा मध्यनेपाल नगरपालिका वडा नं ६ को समन्वयमा श्री ईशानेश्वर माविको प्राङणमा भएको हो।

उक्त शिविर कार्यक्रम औपचारिक रुपमा लमजुङ जिल्ला आयुर्वेदका कार्यलय प्रमुख डा सरोज पन्थीको अध्यक्षता तथा मध्यनेपाल नगरपालिका वडा नं ६ का वडाध्यक्ष बिष्णु भक्त पौडेलको प्रमुख आतिथ्यमा शुरु भएको थियो भने गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका महाशाखा  चिकित्सक डा नारायण श्रेष्ठ, मनाङ जिल्ला आयुर्वेद कार्यालय स्वास्थ्य प्रमुख डा शंकर गौतम, स्वास्थ्य कार्यलय लमजुङका प्रमुख प्रविण कुमार खनाल, मध्यनेपाल नगरपालिका स्वास्थ्य संयोजक सुर्य प्रसाद पौडेल, भोर्लेटार स्वास्थ्य चौकिका प्रमुख होम बहादुर गुरुङ लगायत वडा नं ६ का जनप्रतिनिधी तथा समाज सेवीहरुको उपस्थितिमा रहेको थियो।

नागरिक आरोग्य केन्द्र घलेगाउमा कार्यरत वैध्य सुमन घिमिरेले स्वागत मन्तव्य दिनु भएको थियो भने प्रमुख अथिति बिष्णु भक्त पौडेलले ब्यानर पढेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो। उद्घाटन लगत्तै प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष पौडेलले यस्ता आयुर्वेद शिविर संचालनले हाम्रो यस क्षेत्रमा रहेका बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न अहम भुमिका खेल्ने र यस शिविरमा चेकजाँच गर्न आउनु भएका सबैलाई आफ्नो समस्या डाक्टरलाई जस्ताको तस्तै बताएर समस्याको समाधान सहित स्वास्थ्य लाभ लिन अनुरोध गरेका थिए। साथै यस पश्चिम लमजुङ क्षेत्रको लागी एक आयुर्वेद कार्यलय, चिकित्सक र औषधी पसल हुनु पर्ने जिल्ला आयुर्वेद कार्यलय र गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ मन्त्रालयका चिकित्सकहरुलाई जिकिर गर्दै बताउनु भएको थियो। कार्यक्रमका अध्यक्ष पन्थीले कार्यक्रमलाई लामो नगरी प्रमुख अतिथिको भनाइलाई सम्बन्धित निकायमा राख्ने जिकिर गर्दै औपचारिक कार्यक्रमको समापन गर्दै बिरामी चेकजाँचमा खटिनु भएको थियो। १३ जना कर्मचारी उपस्थिती रहेको उक्त कार्यक्रमका सन्चालन वैध्य निरिक्षक लमजुङका प्रेम प्रसाद पौडेलले गर्नु भएको थियो।

आजको यस निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा पुरुष ९८ र महिला १७९ गरी जम्मा २७२ जनाको चेक गरिएको बैध्य निरिक्षक प्रमे प्रसाद पौडेलले साराङ्गी न्युजलाई जानाकारी थिए। जसमा स्पेशल बिरामीहरु गुदविकार ०७ जना, अक्कुपञ्चर थेरापी ०७ जना, योगा थेरापी १५ जना, हाडजोर्नी सम्बन्धी ३२ जना (सेक्ने तथा बाफ लगाउने), ल्याव सेवा(सुगर, युरिक यसिड, युरिन) ३२ जना, बाँकी महिलाहरुको तल्लो पेट दुख्ने, महिनवरी समस्या, मधुमेह लगायतका बिरामीहरुको चेक् गरि औषधी उपचार गरिएको निरिक्षक् पौडेलले बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता

भोर्लेटारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।


TOP