Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
मर्स्याङ्दीमा प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयाेगमा प्रतिबन्ध – Sarangi News

लमजुङ। लमजुङको मर्स्याङ्दी गउँपालिकामा प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयाेगमा प्रतिबन्ध लगाईएकाे छ।

गाउँपालिकाकाे जेठ २५ गते बसेकाे कार्यपालिका बैठकले प्लास्टिकका सामाग्री प्रयाेगमा पुर्ण रूपमा प्रतिबन्ध लगाएकाे अध्यक्ष अर्जुन गुरूङले जानकारी दिए ।

सफा मर्स्याङ्दी अभियानलाई सार्थक बनाउन प्लास्टिकजन्य बस्तुकाे प्रयाेगलाई न्युनिकरण गर्न यस्ताे निर्णय गरेका छाैं´, अध्यक्ष गुरूङले भने, प्लास्टिकका भाँडाकाे विकल्पमा दुना टपरी र स्टिलका भाँडा प्रयाेगमा प्राेत्साहन गर्छाैं ।

निर्णय कार्यन्वयन गर्न पालिकाले जेठ ३२ गते सार्वजनिक सूचनासमेत जारी गरेकाे छ ।

मर्स्याङ्दी गाउँपालिकाले चालू बर्षमा ‘सफा  मर्स्याङ्दी अभियान सञ्चालन गरिरहेकाे छ । अभियान अन्तर्गत गाउँपालिकाले सवै गाउँटोल, बस्ती, बाटोघाटो सरसफाई अभियान चलाउनुकाे साथै फाेहाेर संकलन र बर्गिकरण कार्य गरेकाे छ । गाउँबस्तीमा पुगेर ट्याक्टरबाट फाेहाेर संकलन गरि बर्गिकरण गरेर ब्यवस्थापन गर्ने गरेकाे मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापाले बताईन।

अभियानलाई सफल बनाउन गाउँपालिकाको हरेक टोल बस्तीहरु, संघ संस्थाहरु वरपर, सार्वजनिक स्थलहरु र खोलाहरुको सरसफाई गरिएकाे छ । पालिकासंगै स्थानीय पनि लागि गरेका छन् । याे अभियानले गाउँटाेल सफा र आफुँहरूलाई उत्साहित बनाएकाे स्थानीय बताउँछन् ।

गाउँपालिकाले २०७६ असोजदेखि फाेहाेर संकलन अभियान सञ्चालन गरि जथाभावी फोहर फाल्न प्रतिबन्ध लगाएको थियो ।

त्यतिबेलादेखि मर्स्याङ्दी नदीलाई केन्द्रमा राखेर सफा मर्स्याङ्दी अभियान सुरु गरिएकोमा अहिले गाउँपालिकालाई नै सफा बनाउने अभियानमा गाउँपालिका जुटेको हाे । सफा मर्स्याङ्दी अभियानले फाेहाेरबाट हुने राेग नियन्त्रणमा सहयाेग पुग्ने स्वास्थ्य शाखा प्रमुख लुल घलेले बताए ।

मर्स्याङ्दी गाउँपालिकाले फोहर जथाभावि नफाल्न गाउँगाउँमा डस्टवीनको व्यवस्थापन गरेको छ । फोहर संकलन गरी प्रशोधन गरेर विक्री गरि अाम्दानी समेत गरिएकाे गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले आफैं ट्याक्टर खरिद गरेर फाेहाेर संकलन क्यालेन्डर बनाएर गाउँगाउँबाट फोहर संकलन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङले बताए ।

प्लास्टिकले वातावरणसँगै मानव स्वास्थ्यमा हानी गर्ने हुनाले प्लास्टिक प्रतिस्थापन गर्न उपभोक्ताहरू जागरुक हुनुपर्नेमा गाउँपालिकाले जोड दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP