मर्स्याङ्दीमा प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयाेगमा प्रतिबन्ध – Sarangi News

लमजुङ। लमजुङको मर्स्याङ्दी गउँपालिकामा प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयाेगमा प्रतिबन्ध लगाईएकाे छ।

गाउँपालिकाकाे जेठ २५ गते बसेकाे कार्यपालिका बैठकले प्लास्टिकका सामाग्री प्रयाेगमा पुर्ण रूपमा प्रतिबन्ध लगाएकाे अध्यक्ष अर्जुन गुरूङले जानकारी दिए ।

सफा मर्स्याङ्दी अभियानलाई सार्थक बनाउन प्लास्टिकजन्य बस्तुकाे प्रयाेगलाई न्युनिकरण गर्न यस्ताे निर्णय गरेका छाैं´, अध्यक्ष गुरूङले भने, प्लास्टिकका भाँडाकाे विकल्पमा दुना टपरी र स्टिलका भाँडा प्रयाेगमा प्राेत्साहन गर्छाैं ।

निर्णय कार्यन्वयन गर्न पालिकाले जेठ ३२ गते सार्वजनिक सूचनासमेत जारी गरेकाे छ ।

मर्स्याङ्दी गाउँपालिकाले चालू बर्षमा ‘सफा  मर्स्याङ्दी अभियान सञ्चालन गरिरहेकाे छ । अभियान अन्तर्गत गाउँपालिकाले सवै गाउँटोल, बस्ती, बाटोघाटो सरसफाई अभियान चलाउनुकाे साथै फाेहाेर संकलन र बर्गिकरण कार्य गरेकाे छ । गाउँबस्तीमा पुगेर ट्याक्टरबाट फाेहाेर संकलन गरि बर्गिकरण गरेर ब्यवस्थापन गर्ने गरेकाे मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापाले बताईन।

अभियानलाई सफल बनाउन गाउँपालिकाको हरेक टोल बस्तीहरु, संघ संस्थाहरु वरपर, सार्वजनिक स्थलहरु र खोलाहरुको सरसफाई गरिएकाे छ । पालिकासंगै स्थानीय पनि लागि गरेका छन् । याे अभियानले गाउँटाेल सफा र आफुँहरूलाई उत्साहित बनाएकाे स्थानीय बताउँछन् ।

गाउँपालिकाले २०७६ असोजदेखि फाेहाेर संकलन अभियान सञ्चालन गरि जथाभावी फोहर फाल्न प्रतिबन्ध लगाएको थियो ।

त्यतिबेलादेखि मर्स्याङ्दी नदीलाई केन्द्रमा राखेर सफा मर्स्याङ्दी अभियान सुरु गरिएकोमा अहिले गाउँपालिकालाई नै सफा बनाउने अभियानमा गाउँपालिका जुटेको हाे । सफा मर्स्याङ्दी अभियानले फाेहाेरबाट हुने राेग नियन्त्रणमा सहयाेग पुग्ने स्वास्थ्य शाखा प्रमुख लुल घलेले बताए ।

मर्स्याङ्दी गाउँपालिकाले फोहर जथाभावि नफाल्न गाउँगाउँमा डस्टवीनको व्यवस्थापन गरेको छ । फोहर संकलन गरी प्रशोधन गरेर विक्री गरि अाम्दानी समेत गरिएकाे गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले आफैं ट्याक्टर खरिद गरेर फाेहाेर संकलन क्यालेन्डर बनाएर गाउँगाउँबाट फोहर संकलन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङले बताए ।

प्लास्टिकले वातावरणसँगै मानव स्वास्थ्यमा हानी गर्ने हुनाले प्लास्टिक प्रतिस्थापन गर्न उपभोक्ताहरू जागरुक हुनुपर्नेमा गाउँपालिकाले जोड दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP