नेपाल विद्यालय कर्मचारी परिषदको दोश्रो चरणको आन्दोलन सम्पन्न, तेस्रो चरण कडा रुपमा हुने। – Sarangi News

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

भोर्लेटार। मध्यनेपाल नगरपालिका भोर्लेटारमा नेपाल विद्यालय कर्मचारी परिषदको दोस्रो चरणको आन्दोलन आज एक बिशेष कार्यक्रमको बिच सम्पन्न भएको छ। तेस्रो चरणको आन्दोलन कडा रुपमा हुने भएको छ। नगर प्रमुख रमेश कुमार पाण्डेको बिशेष उपस्थिती नेपाल बिद्यालय कर्मचारी परिषदको अध्यक्ष शिक्षक गोवर्धन पुरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मध्यनेपाल नगरपालिकाका सम्पुर्ण सामुदायिक बिद्यालयका ईसिडी शिक्षक तथा बिद्यालय कर्मचारीहरुको उपस्थिती रहेको थियो।

बिगत ६ दिन देखी आन्दोलनरत दोश्रो चरणको आन्दोलन नगरपालिकाका शिक्षा शाखाको कार्यालय अगाडि धर्ना गर्दै आएका परिषदका आन्दोलनकारीहरुले आज एक बिशेष कार्यक्रमका बिच गरेका हुन। आफ्ना मागहरु ग्यापन पत्र मार्फत पहिलै जानाकारी गराएता पनि औपचारिक कार्यक्रम गरेको हो। नगरपालिका भरका सामुदायिक बिद्यालयका प्रधानाध्यापक समेत उपस्थिती गराई कार्यक्रम गरिएको कार्यक्रममा प्रावी निमावी र मावी तहकागरी १७ वटा विद्यालयका प्रअहरुको उपस्थिती रहेको थियो। जनमन्दिर माविको चन्द्रराज घिमिरे, बालबिकास माबिको दामोदर खनाल, कुसुमाकर माविको ध्रुब राज घिमिरे, सिद्द प्राविका सन्तोष कोईराला लगायतका सबै प्रअहरुले यस आन्दोलनको समर्थन जनाउदै नजिकिदै गरेको परिक्षालाई असर नपर्ने गरी आन्दोलन गर्न अपिल गरेका थिए भने आन्दोलनकारीहरुले कडा रुपमा विद्यालय नै बन्द गरेर बाहेक आन्दोलन सफल नहुने समेत बताएका थिए, आईतबार देखी सामुदायिक विद्यालय बन्द गर्ने समेत बताएका छन।

ईसिडी शिक्षक सप्तधारा माविका शिक्षिका निर्मला तिवारी र शिक्षिका पार्वती पौडेलले सरकारले हामीलाई पक्षपात गरेको बताएका थिए भने एकिकृत अखिल नेपाल शिक्षक संगठन मध्यनेपाल नगरपालिका अध्यक्ष बद्री प्रसाद पौडेलले यस आन्दोलनलाई पूर्ण समर्थन जनाउदै यस आन्दोलनले सफलता पाओस भन्दै शुभकामना दिए, त्यस्तै नेपाल राष्ट्रीय शिक्षक संगठन मधनेपाल नगरकमिटिका अध्यक्ष लोकनाथ रिमालले पनि यस आन्दोलनको समर्थन जनाउनु भएको थियो , नेपाल शिक्षक संघ मध्यनेपाल नगरकार्यसमितीकाअध्यक्ष मोहनराज घिमिरे, लगायत बिभिन्न शिक्षक संघका अध्यक्ष शिक्षकहरुले बोल्नु भएको थियो। त्यस्तै गरेर नेपाल विद्यालय कर्मचारी परिषद लमजुङको महादिवेशन प्रतिनिधि मुक्तिमणी पौडेलले केन्द्र देखी स्थानिय तहसम्म गर्दै गरेका मागहरु र निरिह सरकारले निती तथा कार्यक्रमलाई बजेटमा कार्यन्वयन नगरेको हुनाले बाध्यता बस हामीले चरण बद्द रुपमा आन्दोलनमा उत्रीन परेको बताउदै विद्यालयका पठनपाठन बन्द गराएरै भए पनि आन्दोलनलाई कडा रुपमा अगाडी बढाउने प्रतिवद्दता जाहेर गरेका थिए।

आन्दोलनकारी शिक्षक तथा कर्मचारीहरुले ” समान कामको समान पारिश्रामिक चाहिन्छ”, श्रम शोषण गर्न पाइदैन, हामीहरुको मानव अधिकार सुनिश्चित गर, संघिय शिक्षा ऐन जारी गर, सर्वोच्च अदालतअको फैसला कार्यन्वयन गर, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर, चाहिन्छ भने उचित तलब दे, चाहिदैन भने उत्पादन सहित अवकाश दे, जस्ता नाराहरु लेखिएको प्ले कार्ड बोकेका थिए।

उक्त कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं १० का वडा अध्यक्ष राम चन्द्र भण्डारेले समेत बोल्नु भएको थियो । आन्दोलन आन्दोलनको रुप जस्तो नदेखिएको र तपाईहरुले प्रस्तुत हुने तरिका नभएको जिकिर गर्दै फरक ढङ्गबाट प्रस्तुत हुन अपिले गरेका थिए जसले सरकार र सम्बन्धित निकायले थाहा पाओस र छिट्टै कार्यन्वयन होस भन्दै विद्यालय बन्द नगरिकन पनि त आन्दोलन गर्न सकिन्छ भन्दै संसद र मन्त्रालयलाई जानाकारी हुने गरेर आन्दोलित हुनुहोस् भनेका थिए। भने बिशेष अतिथी नगर प्रमुख रमेश कुमार पाण्डेले पनि म नगर प्रमुखको हैसियतले मैले विद्यालय बन्द गर भन्न सक्दिन र मिल्दैन भन्दै नगर प्रवक्ता भन्डारिले झै बोल्नु भयो। साथै यद्दपी मैले गर्न सक्ने आन्दोलका अन्य सहयोगहरु भए भन्नुहोस, संसदमा, मन्त्री तथा मन्त्रालयमा के के गर्न पर्छ यदी डेलिगेसनै जान पर्ने भए पनि तयार रहेको कुरो राख्दै विद्यालय बन्द नगरी कन आन्दोलनलाई अगाडि बढाउन अनुरोध गरेका थिए।

 

कार्यक्रमको अन्त्यमा अध्यक्ष पुरिले तेस्रो चरणको आन्दोलनलाई प्रभावकारी र सफल बनाउन सहयोगको अपिल सम्पूर्ण विद्यालयका प्रधानाध्यापक र शिक्षक साथीहरुलाई गरेका थिए। किन भने अबको हाम्रो आन्दोलन भनेकै विद्यालय बन्द गर्ने गराउने र सरकारलाई दवाब दिने हो यद्दपी आउने आईतबारसम्म हाम्रो मागहरु पुरा भएमा केन्द्र निर्देशन संगै तेस्रो चरणको आन्दोलन फिर्ता लिन्छौ तथापी हामीले विद्यालय बन्दै गरेर दवाब दिदै अगाडी बढ्ने कुरो बताउदै कार्यक्रमको समापन गरेका थिए। उक्त कार्यक्रम नेपाल विद्यालय परिषद मध्यनेपाल नगरपालिका सचिव शिक्षक कृष्ण प्रसाद गिरिले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP