मध्यनेपाल नगरपालिकामा मेलमिलाप सम्बन्धी(४८ घण्टे) आधारभुत तालिम सम्पन्न। – Sarangi News

लमजुङ।  मध्यनेपाल नगरपलिकामा मेलमिलाप सम्बन्धी (४८ घण्टे) ८ दिने आधारभुत तालिम कार्यक्रम आज एक औपचारिक कार्यक्रमका बिच भएको छ। मध्यनेपाल नगरपलिकाका मेयर रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा मध्यनेपाल नगरपालीका न्यायिक समितिका संयोजक तथा उप मेयर सीता गुरुङ्गको अध्यक्षतामा भएको हो। जेष्ठ २८ गते देखि असार ३ गतेसम्म संचालित उक्त कार्यक्रम मध्यनेपाल नगरपलिकाका न्यायिक समिती अन्तर्गत मेलमिलाप कर्ता सुचिकृत एवम मध्यनेपाल नगरपालिकाको मुख्य आयोजनमा गरिएको हो।

उक्त कार्यक्रमको प्रशिक्षकहरु ग्लोबल एडभोकेसी नेपालका अध्यक्ष तथा मुख्य प्रशिक्षक विनिता गुरुङ र सुमना पौडेले आठै दिन प्रशिक्षण दिनु भएको थियो। उक्त कार्यक्रमको मुख्य उद्देश्य भनेको मेलमिलाप कर्ता तयार पार्न तथा समाजमा उठेका विवाद तथा समस्याहरुलाई मेलमिलापद्वारा समाधान गर्ने र गर्न सकिने रहेको थियो।

उक्त प्रशिक्षणमा हरेक वडाका समाजमा सामाजिक सेवामा कटिवद्द र भुमिका खेलिरहेका २/२ जना महिला तथा पुरुषहरु २० जना र बाँकी थप नगरपलिकाले १९ जना गरि जम्मा ३९ जनाको प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो।

१० वटै वडाका वडा अध्यक्षहरु, नगर प्रवक्ता, मध्यनेपाल नगरपालिका, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे सहितका अतिथिहरु उपस्थिती रहेको कार्यक्रममा सम्पुर्ण वडा अध्यक्षहरुको नेतृत्व गर्दै नगर प्रवक्ता रामचन्द्र भण्डारीले यस कार्यक्रमले फलदायी बनोस ताकी समाजमा टोलमा र वडामा भए गरेका हुने गरेका समस्याको समाधान हुन सकोस कसैको राजनैतिक पुर्वाग्रह नराखी न्यायको काम निष्पक्ष रुपमा होस भनेका थिए। त्यस्तै गरेर विशेष अतिथी प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लाम्गादेले आफ्नो काम कर्तव्य र अधिकारको कुरालाई ध्यान दिनुहोला साथै न्यायिक समिती र मेलमिलाप कर्ताको बारेमा प्रशिक्षकहरुले बुझ्न जरुरी बताए। सिकाई उपलब्धी होस सबैले वडाहरुमै समस्याको हल गर्न सकोस भनेर बताउनु भएको थियो।

प्रमुख अतिथी नगर प्रमुख पाण्डेले आठै दिन सहभागी प्रशीक्षार्थीहरु तथा प्रशिक्षक द्वय गुरुङ र पौडेललाई प्रमाण पत्र बितरण गर्दै समाजले पाउनु पर्ने न्याय तथा मेलमिलाप पाउनु पर्छ र प्रशिक्षार्थीहरुले सिकेका मेलमिलापका कुराहरुको सदुपयोग गर्नुहोला। कानुन संगै रहेर कर्म मर्म र धर्ममा रहेर काम गर्नुहोला। तालिमको उद्देश्य र मर्मलाई बुझेर काम गर्न आग्रह गरे कुनै पनि राजनैतिक पुर्वाग्रह नराखी काम गर्न अनुरोध गर्दै यस्ता कार्यक्रमले हामिले हाम्रो नगरपालिकाको न्यायिक समितिलाई फाइदा रहेको बताए। साथै उपमेयर सीता गुरुङ्गको संयोजकत्वमा भएको यस कार्यक्रम प्रती उपमेयरलाई बिशेष धन्यवाद दिदै प्रशिक्षार्थीहरुलाई यहाँ सिकेका कुरालाई मनमा लिन आग्रह गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो।

अन्त्यमा उक्त कार्यक्रमका मध्यनेपाल नगरपलिका न्यायिक संयोजक तथा कार्यक्रममका अध्यक्ष सीता गुरुङले नकरात्मक सोचलाई मनबाट फालेर सकारात्मक सोच लिएर अगाडि बढ्न र हाम्रो तालिमको सदुपयोग गर्न सम्पुर्ण प्रशिक्षार्थीहरुलाई बताएका थिए। जसका कारण हामिले भौगोलिक हिसाबको दुरीले टाढा भएका वडाहरुले न्यायको प्रत्याभुती गाउँ गाउँ, टोल टोलहरुमा दिन र सहजिकरण गर्न सकियोस भन्दै यस्ता कार्यक्रमहरु हाम्रो नगरपलिकाको तर्फबाट आगामी बर्षहरुमा निरन्तर हुने बताउदै सम्पुर्ण सहभागी र न्यायिक समितिका टिम र सबैलाइ विशेष धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो। कार्यक्रम बौद्द सेवा समितिको हलमा भएको थियो भने कार्यक्रमका संचालन नगरपालिका कर्मचारी प्रकाश खनालले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP