शनिबार , साउन १२, २०८१
मध्यनेपाल नगरपालिकाको आ व ८०/८१ को बजेट ६० करोड ३३ लाख। – Sarangi News

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाले आगमी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित ६० करोड ३३ लाख ५६ हजार १ सय रुपैयाको बजेट सार्वजनिक गरेको छ।

आईतबार भएको नगरपालिकाको १३ औ नगपालिका अधिवेशनमा नगर प्रमुख रमेश कुमार पाण्डेले अगामी आर्थिक वर्षका लागि ६० करोड ३३ लाख ५६ हजार १ सय रुपैयाको अनुमानित बजेट गरेको हो।

जसमा नेपाल सरकार समानिकरण अनुदान ९ करोड ७२ लाख, प्रदेश सरकार समणिकरण अनुदान १ करोड २४ लाख ९० हजार, नेपाल सरकारको राजश्व बाँडफाँड अन्तर्गत ८ करोड ५४ लाख ६१ हजार १ सय, प्रदेश सरकार सवारी कर १ करोड ९० लाख ५ हजार, नेपाल सरकार सशर्त अनुदान ३३ करोड १७ लाख, प्रदेश सरकार २५ लाख रुपैया, समपुरक अनुदान तर्फ नेपाल सरकारबाट ५० लाख बिशेष अनुदान १ करोड प्रदेश सरकारबाट समपुरक ५० लाख र बिशेष अनुदान ५० लाख रहेको छ।

प्रत्येक वडाहरुलाई वडा स्तरिय योजना तथा कार्यक्रमहरुको लागी २० लाखको दरले १० वटा वडाका लागी २ करोड बिनियोजन गरिएको छ भने उक्त वडा स्तरिय बजेटको प्रस्तुत नगर प्रवक्ता एवम वडा नं १० का वडा अध्यक्ष रामचन्द्र भण्डारीले गरेका थिए।

यसैगरी संघिय सरकार तथा प्रदेश सरकारबाट चालु तथा पुँजिगत खर्च ३३ करोड ४२ लाख बिनियोजन गरेको र प्रस्तुत बजेटले समृद्दी , सुशासन तथा सामाजिक न्याय कायम गर्न लक्षित, कृषि क्षेत्रको व्यवसायिकरण, विविधिकरण तथा आधुनिकिकरण गर्ने, पर्यटनका क्षेत्रहरुमा लगानी गर्ने र सम्भाव्य क्षेत्रको खोजी गर्ने, पुर्वाधारको दिगो बिकास गर्ने रोजगारमुलक क्रीयाक्लाप सिर्जना गर्ने दिशामा उन्मुख रहेको नगर प्रमुख पाण्डेले बताए।

यस्तै गरेर नगर उपप्रमुख सिता गुरुङले न्यायिक समितिको प्रमुखको हैसियतले प्रतिवेदन पेश गर्दै अन्यायमा परेकालाई न्याय दिलाउनु र हाम्रो काम कर्तव्य अधिकार र जिम्मेवारी रहेको बताईन।

वडा अध्यक्षहरू सुदिप थापा, पदम थापा, केशव न्यौपाने, राम बहादुर श्रेष्ठ, अोम वीर गुरुङ, बिष्णु भक्त पौडेल, हिरा गुरुङ, चन्द्र सुब्बा गुरुङ, महेश पाण्डे र रामचन्द्र भण्डारिले प्रस्तुत बजेटमाथी टिप्पणी गरेका थिए ।

उक्त सभाले नगरपालिकाकाे अार्थिक विधेयक-२०८० र नगरपालिकाकाे साझेदारीमा कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन विधेयक-२०८० पारित गरेकाे छ भने सभाको शुरुमा कार्यसुची सभा सचिव तथा प्रशासन प्रमुख रामचन्द्र लामगादेले प्रस्तुत गरेका थिए भने कार्यक्रम सन्चालन नगरपालिका योजना प्रमुख सुरज अधिकारीले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता

भोर्लेटारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।


TOP