२० औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव भव्यताका साथ सम्पन्न। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिकामा २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव बिभिन्न स्थानमा भव्यताका साथ सम्पन्न भएको छ। मध्यनेपाल ४ चर्दिमा बाजागाजाका साथ रोपाई महोत्सव गरियो भने मध्यनेपाल ३ ब्यारेडिमा र मध्यनेपाल ९ बाङ्रेमा धान दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु गरिएको छ।

जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ आज असार १५ गते २० औं राष्टिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मध्यनेपाल नगरपालिका वडा नं ४ को चर्दिमा भएको हो। कृषि ज्ञान केन्द्र लमजुङ, मध्यनेपाल नगरपालिका लमजुङ, नागभैरव बहुउद्देश्यिय सहकारी संस्था मध्यनेपाल- ३ सुर्यपाल, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना र कार्यान्वयन इकाई लमजुङ( मनाङ) को संयुक्त आयोजनामा भएको महोत्सव नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा लमजुङ जिल्लाका प्रतिनिधिसभा सदस्य माननीय पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता र नाग भैरव बहुदेशिया सहकारी संस्थाका अध्यक्ष सन्तलाल नेवारको सभापतित्वमा भएको छ। त्यस्तै विशिष्ट अथितीहरुमा जिल्ला समिति सदस्य पूर्ण बहादुर गुरुङ,प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश श्रिमल मध्यनेपाल नगरपालिका उपमेयर सीता गुरुङ लगायत वडा अध्यक्षहरु सहित जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

उक्त धान दिवस कार्यक्रममा महिला तथा पुरुष हिले दौड प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतिष्पर्धा, दही चिउरा खाने, खेतमा धानको बिउ द्वारा भकारी थाप्ने जस्ता बिभिन्न कार्यक्रम मध्यनेपाल नगरपालिका ५ का मगर पञ्चे बाजागाजाका साथ गरिएको थियो।

यस्तै गरेर मध्यनेपाल ३ बेराडिमा नेपाल किसान महासंघ मध्यनेपाल नगर कमिटीको आयोजनामा अध्यक्ष बुद्धि सागर पौडेलको अध्यक्षता र नेकपा एमाले मध्यनेपाल नगर कमिटीका अध्यक्ष सुर्य गुरुङको प्रमुख आतिथ्यतामा धान दिवस तथा रोपाई कार्यक्रमा गरेका थिए। उक्त कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य राजकुमार श्रेष्ठ ,स्थानिय बासिन्दा ,किसानहरुको बाक्लो उपस्थिति रहेको थियो। यस कार्यक्रमको प्रगती पथ महिला आमा समुहको सह आयोजनामा भव्यताको साथ सम्पन्न भएको थियो।

यस्तै मध्यनेपाल ९ गाउ बाङ्रेमा पनि राष्ट्रिय खाध्य बैंक तथा मध्यनेपाल ६ र ९ अन्तर्गत प्रस्तावित बाँग्रे भोर्लेटार बिकास अभियान समुह द्वारा आयोजना गरिएको थियो। पोसिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान मुल नाराका साथ सन्चालित उक्त कार्यक्रममा राष्ट्रिय खाद्य बैंक लि. का केन्द्रीय अध्यक्ष शंकर उप्रेती, बिषय विज्ञ डा. चन्द्र प्रकाश पाेखरेल, वडा नं. ६ का वडा अध्यक्ष विष्णुभक्त पाैडेल, वडा नं ९ कि वडा सदस्य शान्ता कुँवर, बैंकका शेयरधनी तथा वडा नं. ६ र ९ का स्थानीयहरुकाे बाक्लो उपस्थिति रहेको थियो। २० औं राष्ट्रिय धान दिवसको अवसर पारेर कृषकहरुलाई आफुले कृषि गर्ने जमिनको माटोको अवस्था के कस्तो रहेको छ या छैन भनेर त्यस स्थानको माटो समेत परिक्षणको निम्ती संकलन गरिएको डा पोख्रेलले जानाकारी गराउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP