Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
मध्यपहाडीको २० मुरिमा पहिरोले अवरुद्द सडक एक तर्फ खुल्ला। – Sarangi News

भोर्लेटार। मध्यनेपाल नगरपालिका वडा नं ९ को २० मुरी फाँट स्थित मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो गएको छ। बिहान नौ बजे गएको सुख्खा पहिरोले मध्यपहाडीको सडक अवरुद्द भएको थियो।

पहिरो गएको खबर प्राप्त गर्न साथै ईप्रका भोर्लेटरका ईन्स्पेक्टर लक्ष्मण पचभैयाको टोलि खटिएका थिए। सो टोलि र मध्यपहाडी निर्माण कम्पनिको पहलमा बिहान ९ बजे गएको पहिरो लगभग साढे दुई घण्टा पछि एक तर्फी बाटो संचालन भएको छ।

बाटो संचालनमा आएता पनि सो क्षेत्रमा निरन्तर परि रहेको बर्षाका कारण सो क्षेत्र र आसपासका क्षेत्रहरुमा फेरि पनि पहिरो जान सक्ने र त्यस क्षेत्रमा आवत जावत गर्दा सवारी साधन लगायत यात्रुहरुले सावधानी अपनाएर हिड्नु पर्ने ईन्स्पेक्टर पचभैयाले सारङ्गी न्युजलाई बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP