मध्यपहाडीको २० मुरिमा पहिरोले अवरुद्द सडक एक तर्फ खुल्ला। – Sarangi News

भोर्लेटार। मध्यनेपाल नगरपालिका वडा नं ९ को २० मुरी फाँट स्थित मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो गएको छ। बिहान नौ बजे गएको सुख्खा पहिरोले मध्यपहाडीको सडक अवरुद्द भएको थियो।

पहिरो गएको खबर प्राप्त गर्न साथै ईप्रका भोर्लेटरका ईन्स्पेक्टर लक्ष्मण पचभैयाको टोलि खटिएका थिए। सो टोलि र मध्यपहाडी निर्माण कम्पनिको पहलमा बिहान ९ बजे गएको पहिरो लगभग साढे दुई घण्टा पछि एक तर्फी बाटो संचालन भएको छ।

बाटो संचालनमा आएता पनि सो क्षेत्रमा निरन्तर परि रहेको बर्षाका कारण सो क्षेत्र र आसपासका क्षेत्रहरुमा फेरि पनि पहिरो जान सक्ने र त्यस क्षेत्रमा आवत जावत गर्दा सवारी साधन लगायत यात्रुहरुले सावधानी अपनाएर हिड्नु पर्ने ईन्स्पेक्टर पचभैयाले सारङ्गी न्युजलाई बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने

लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना

लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।

आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।


TOP