Trend
नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||   शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष भण्डारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री  ||   श्रावण महिनाको पहिलो सोमबार ईशानेश्वर महादेव मन्दिरमा ८० हजार दान संकलन।  ||  
शनिबार , साउन १६, २०८३
पहिलो चरण खेल सकियो दोस्रो चरण देखिको टाईसिट जारी। – Sarangi News

लमजुङ। बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग सिल्ड खेल सहभागी ३८ टिमको पहिलो राउन्ड आज सकिएको छ।

मध्यनेपाल नगरपालिका वडा नं १ जिताकोटमा भएको खेलको चौथो दिनमा आज पहिलो चरणको खेल सकिएको छ। उद्घाटन खेल सहित करापुटार क्लबले आयोजक टिम गोल्डेन फ्युचर क्लबलाई ८ गोलका बिरुद्द ०१ ले पराजित गरेको थियो त्यस्तै दोस्रो खेल कृयटिव एफ सि डढुवाले ३ का बिरुद्द सुन्दरबजारलाई ०२ गोलले पराजित गरेको थियो। त्यस्तै तेस्रो खेल रानिपानी एफ सिले ०१ का बिरुद्द ०० गोलले पराजित गरेको थियो। चौथो खेल ईज्रा एफ सि जिताले ०२ का बिरुद्दले ०१ ले पराजित गरेको थियो। त्यस्तै पाचौ खेल हाँडी खोला एफ सि र सुन्दरबजार सि बराबर भएका थिए पेनाल्टीमा सुन्दरबजारले जित हासिल गरेका थिए। त्यसपछि छैटौ सनसाइन एफसिलाई ०१ बिरुद्द बर्दान एफसिले ०२ गलले जित हासील गरेको थियो। त्यस्तै सातौ खेल गोल्डेन फ्युचुर र सिर्जनसिल युथ क्लब कुन्छा बिच प्रतिश्पर्धा हुँदै बराबरी भएको थियो भने पेनाल्टीमा सिर्जनशिल कुन्छाले जित हासिल गरेको थियो। त्यस्तै आठौ खेल नमुना नेटाले ०३ का बिरुद्द ०० ले जिता बेशिलाई पराजित गर्यो। नवौँ खेल देबिस्थान एफ सिले ०४ गोलका बिरुद्द ०० ले तुर्लुङ्ग कोट U16 लाई पराजित गरेको थियो। दशौ खेल टिम सोतिपसलले ०४ गोलका बिरुद्द ०२ गोलले पराजित गरेको थियो। एघारौ खेल भोर्लेटार युनाईटेड ए ले ०२ गोलाका बिरुद्द दर्शन स्मृती कुन्छालाई ०० गोलले पराजित गरेको थियो।

त्यस्तै गरेर बार्हौ खेल थ्री एम एल नेटा र गहते एफ सि बिच खेल बराबरि भएको थियो तर पेनाल्टीमा गहतेले जित हासिल गरेको थियो। त्यस्तै तेर्हौ खेल गोल्डेन फ्युचर जिताले शुन्यका बिरुद्द तान्द्रङ एफ सिले दुई गोलले जितेका थिए। चौधौ खेलमा बिवाई सि भोटेवडारले ०६ गोलका बिरुद्द कानी स्वंरा एफ सिले शून्य गोलले पराजित भएको थियो। त्यस्तै पन्ध्रौ खेल भोर्लेटार युनाईटेड बिले ०२ गोलाका बिरुद्द एरो हेड इन्जिनियर दुईपिप्लेलाई ०१ गोलले पराजित गर्यो। त्यस्तै सोर्हौ खेल भोर्लेटार युनाईटेड सिले ०३ गोलका बिरुद्द खलक एफ सिलाई ०२ गोलले पराजित गरेको थियो। सत्रौ खेलमा गन्ने एफ सि पोखरा र करापुटार रामबजार बिच थियो तर रामबजार टिम उपस्थित नभएकोले गन्ने एफसिलाई आयोजकले वाक ओभर गरेर बिजयी घोषणा गरेको थियो। अठारौ खेल केवाईसी खवाँरीबोट कुन्छा ०९ गोलका बिरुद्द गोल्डेन फ्युचर ०० ले पराजित गरेको छ भने भोलि बिहान फ्रेन्डसिप एफसि र न्युभिजनका बिच बिहान आठ बजे हुनेछ र त्यसपछि दोस्रो चरणको खेल हुनेछ। साथै भोली देखि हुने दोस्रो चरणको खेलको आज आयोजकले टाईसिट सार्बजनिक गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP