Trend
नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||   शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष भण्डारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री  ||   श्रावण महिनाको पहिलो सोमबार ईशानेश्वर महादेव मन्दिरमा ८० हजार दान संकलन।  ||  
शनिबार , साउन १६, २०८३
क्वार्टर फाईनल सकियो भोलि सेमिफाइनल र फाईनल खेल। – Sarangi News

लमजुङ। बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग सिल्ड खेलको आज छैटौ दिन तेस्रो चरणको प्री क्वार्टर र क्वार्टर फाइनल खेल सकियो। भोलि सेमि फाईनल र फाइनल हुने भएको छ।

प्री क्वार्टर खेलको पहिलो खेल बिवाई सी भोटेवडार र क्रीयटिव डढुवा बिच भएको थियो जसमा क्रीयटिव डढुवालाई ०१ एक गोलका बिरुद्द बिवाईसी भोटेवडारे ०२ गोल हान्दै क्वार्टरमा प्रवेश गरेको थियो। त्यस्तै दोस्रो प्री क्वार्टरमा ईज्रा एफ सि जिता र एस एस वाई सि सिरुवानी बिच भएको थियो जसमा ईज्रा एफ सि जिताले ०३ गोलका बिरुद्द ०१ गोलले सिरुवानिलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो। त्यस्तै तेस्रो प्री क्वार्टर खेल भोर्लेटार युनाईटेड बि र बर्दान एफ सी बिच भएको थियो। बर्दान एफसी ले भोर्लेटार युनाईटेडलाई शुन्यका बिरुद्द एक गोलले पराजित गर्दै बर्दान एफ सि क्वार्टर फाईनलमा प्रबेश गरेको थियो।

प्री क्वार्टर सकिए लगत्तै क्वार्टर फाईनल खेल शुरु भएको थियो। क्वार्टर फाइनलको पहिलो खेल गन्ने एफसी पोखरा र करापुटार एफ सि रामजार बिच भएको थियो। जसमा गन्ने एफ सिले ०२ गोलका बिरुद्द करापुटार एफ सिलाई ०० गोलले पराजित गर्दै सेमि फाईनलमा प्रवेश गरेको छ। त्यस्तै क्वार्टर फाईनलको दोस्रो खेल फ्रेण्डसीप एफ सि खलक र बिवाईसी भोटेवडार बिच भएको थियो। बिवाईसी भोटेवडारले ०२ गोलका बिरुद्द फ्रेण्डसिप खलकलाई ०० गोलले पराजित गर्दै बिवाईसी सेमिफाईनलमा प्रवेश गरेको छ। तेस्रो क्वार्टर फाईनल ईज्रा एफ सी जिता र केवाइसी खमारी बोट बिच भएको थियो। केवाईसी खमारीबोटले ०५ गोलका बिरुद्द ०० गोलले इज्रा जितालाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ। त्यस्तै क्वार्टर फाईनलको अन्तिम खेल सुन्दर बजार एफ सि र बर्दान एफ सि बिच भएको थियो। सुन्दरबजारले तीन गोलका बिरुद्द एकले बर्दानलाई पराजित गर्दै सेमि फाईनलमा प्रवेश गरेको छ।

गोल्डेन फ्युचर क्लब जिताकोटद्वारा आयोजित साउने सक्राँतीको मेलाको भोलि अन्तिम दिन सेमिफाईनल र फाइनल हुने क्लबका अध्यक्ष सुब्बा गुरुङले साराङ्गी न्युजलाई बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP