म्याग्दी । कोरोनाका कारण स्थगन भएकाे मोडेल अफ म्याग्दी पुन हुने भएकाे छ ।
जिल्ला भित्र लुकेर रहेका प्रतिभालाई राष्टि्य पहिचान दिने उद्देश्यले किङस्टार क्रियसनले म्याग्दीको बेनी बजारमा मोडेल अफ म्याग्दी र लिटिल मोडेल अफ म्याग्दी आयाेजना गर्न लागेकाे हाे ।

किङस्टार क्रियसनका सिइओ सुमन खड्काका अनुसार जिल्लाका सम्पुर्ण स्थानीय तहबाट १४ देखि २९ वर्ष उमेर भित्रका मोडल अफ म्यादी सिजन -३ र ६ देखि १३ वर्ष उमेर समुहले लिटिल मोडेल सिजन–२ मा सहभागी हुन पाउने छन् ।
सहभागी हुन चाहनेले आजै देखि साउन २१ गते सम्म फारम भर्न सक्ने छन् । फारम बेनीबजारकाे डिजी प्रिन्ट र हाेटल शिखरमा पाइने आयाेजकले जनाएकाे छ । साउन २१ गते देखी भाद्र ८ गते सम्म तालिम संचालन हुने छ भने ग्राण्ड फिनाले ९ गते हुने सिइओ सुमन खड्काले जनाकारी दिए ।









