बेनी बजारमा मोडेल अफ म्याग्दी र लिटिल मोडेल अफ म्याग्दी हुने, आवेदन खुल्ला – Sarangi News

म्याग्दी । कोरोनाका कारण स्थगन भएकाे  मोडेल अफ म्याग्दी  पुन हुने भएकाे छ ।

जिल्ला भित्र लुकेर रहेका  प्रतिभालाई राष्टि्य पहिचान दिने उद्देश्यले किङस्टार क्रियसनले म्याग्दीको बेनी बजारमा मोडेल अफ म्याग्दी र लिटिल मोडेल अफ म्याग्दी आयाेजना गर्न लागेकाे हाे ।

किङस्टार क्रियसनका सिइओ सुमन खड्काका अनुसार जिल्लाका सम्पुर्ण स्थानीय तहबाट  १४ देखि २९ वर्ष उमेर भित्रका मोडल अफ म्यादी सिजन -३ र ६ देखि १३ वर्ष उमेर  समुहले लिटिल मोडेल सिजन–२ मा सहभागी हुन पाउने छन् ।

सहभागी हुन चाहनेले आजै देखि साउन २१ गते सम्म फारम भर्न सक्ने छन् । फारम बेनीबजारकाे डिजी प्रिन्ट र हाेटल शिखरमा पाइने आयाेजकले जनाएकाे छ । साउन २१ गते देखी भाद्र ८ गते सम्म तालिम स‌ंचालन हुने छ भने ग्राण्ड फिनाले ९ गते हुने सिइओ सुमन खड्काले जनाकारी दिए ।

सहभागीलाई ख्याति प्राप्त मिडियाकर्मी  व्युटिसिएन तथा प्रशिक्षकले २१ दिन सम्म  फाेटाे तथा भिडिया सुट, व्यक्तित्व तथा नेतृत्व विकास, आर्ट अफ स्पिकि‌ंङ, व्युटिसिएन, क्याट वाक तथा हर्सवाक विषयमा विशेष प्रशिक्षण दिनेछन् ।
विजेताले  गिफ्ट ह्याम्पर, क्राउन, ट्र्फी,  स्यास, प्रमाणपत्र साथै नगद रु  पचिस हजार पुरस्कार पाउने छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP