गालाको कोठी (बालकविता) – Sarangi News

गालाको कोठी (बालकविता)
– रमेशचन्द्र घिमिरे

रुँदै–रुँदै भनेकी सानी बैनी ज्योतिले
मेरो रूपै बिगार्‍यो गालाको यो कोठीले
आँसु चुहाई दिनदिनै रुँदा–रुँदा गएन
साबुन र पानीले मुख धुँदा गएन

दलूँ कि त ओखती फुटालेर फालूँ कि !
कि त जे जे भै जाओस् सधैँभरि पालूँ कि !
दबाई अनि बुटीले केहीले छुँदा गएन
जान्छ होला भनेको मुख धुँदा गएन

भन्नुभयो आमाले केको पिर–सुर्ता हो ?
तिमी राम्री भएकी यै कोठीले गर्दा हो
कुरा त्यस्तो रैछ र पो यस्तो हुँदा गएन
कोट्याउँदा गएन मुख धुँदा गएन ।

  • *********************
    – मध्यनेपाल नगरपालिका–६
    भोर्लेटार, लमजुङ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान

कास्की आइडलको पहिलो अडिसन सम्पन्न


TOP