Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
गालाको कोठी (बालकविता) – Sarangi News

गालाको कोठी (बालकविता)
– रमेशचन्द्र घिमिरे

रुँदै–रुँदै भनेकी सानी बैनी ज्योतिले
मेरो रूपै बिगार्‍यो गालाको यो कोठीले
आँसु चुहाई दिनदिनै रुँदा–रुँदा गएन
साबुन र पानीले मुख धुँदा गएन

दलूँ कि त ओखती फुटालेर फालूँ कि !
कि त जे जे भै जाओस् सधैँभरि पालूँ कि !
दबाई अनि बुटीले केहीले छुँदा गएन
जान्छ होला भनेको मुख धुँदा गएन

भन्नुभयो आमाले केको पिर–सुर्ता हो ?
तिमी राम्री भएकी यै कोठीले गर्दा हो
कुरा त्यस्तो रैछ र पो यस्तो हुँदा गएन
कोट्याउँदा गएन मुख धुँदा गएन ।

  • *********************
    – मध्यनेपाल नगरपालिका–६
    भोर्लेटार, लमजुङ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP