काठमाडौंबाट बेनी आउँदै गरेको २३ यात्रु सवार बस दुर्घटनामा ९ जनाको मृत्यु ,उद्दार जारी – Sarangi News

पाेखरा : काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ । प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ८ जना बढी घाइतेको उद्दार गरिएको छ।

घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार दुर्घटनामा ९ जनाको शव भेटिएको हो। उनले भने,’ दुर्घटनास्थलबाट घाइतेको उद्दार र शव संकलन कार्य जारी छ। घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ।’

म्याग्दी कोरला यातयातको बस बिहान सवा ११ बजे नदीमा खसेको हो। दुर्घटनामा ठूलो संख्यामा यात्रुहरू हताहत भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा सुरक्षाकर्मीसहित सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ। दुर्घटनाका घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

उपचार संभव नभएका घाइतेलाई काठमाडौं रिफर गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP