Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
कैलाली जनपुस्तकालयद्वारा कविता प्रतियोगिता – Sarangi News

कैलाली । कैलालीको धनगढीस्थित कैलाली जनपुस्तकालयले शनिबार सम्पन्न गरेको अन्तरविद्यालय कविता प्रतियोगितामा दुर्गालक्ष्मी नमुना मावि, अत्तरियाकी नितिका अवस्थी प्रथम भएकी छन् ।

१६ औँ राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भ पारेर आयोजना गरिएको प्रतियोगितामा १६ विद्यालयका ३० प्रतियोगीले भाग लिएका थिए । प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय, तेघरीकी पुष्पा रोकाया र दुर्गालक्ष्मी नमुना माविकी भूमिका भट्ट क्रमशः द्वितीय र तृतीय तथा कैलाली मोडेल स्कुल, धनगढीकी प्राश्ना सुवेदी र अक्सफोर्ड मावि, धनगढीका प्रदिप नेपाली सान्त्वना भए ।

पुस्तकालयका अध्यक्ष टिएन जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले पुस्तकालयले असल संस्कार र शिक्षा प्रवाह गरिरहेको भन्दै खुसी व्यक्त गरे । अध्यक्ष जोशीले कैलाली जनपुस्तकालयलाई सुदूरपश्चिमकै स्मार्ट लाइब्रेरीका रूपमा विकास गर्ने गरी अघि बढेको जानकारी दिए ।

कार्यक्रम संयोजक हर्क बोहराले पठन संस्कृतिको विकास गर्न यस्ता सिर्जनात्मक कार्यक्रमहरू गरिनुपर्नेमा जोड दिए । विजेताहरूलाई पुस्तकालय दिवस मूल समारोहका अवसरमा भदौ १५ गते पुरस्कार प्रदान गरिने जानकारी संयोजक बोहराले दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP