Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
भोर्लेटारमा खुल्ला तीज गीत प्रतियोगिता तथा श्रीकृष्ण जन्माष्टमी उत्सव हुने – Sarangi News

भोर्लेटार (लमजुङ)  । श्रीकृष्ण प्रणामी मन्दिर दोभान डाँडा र नवज्योति आमा समूह भोर्लेटारको संयुक्त आयोजनामा यही भाद्र २० गते खुल्ला तीज गीत प्रतियोगिता तथा श्रीकृष्ण जन्माष्टमी उत्सव कार्यक्रम हुने भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, दोभानडाँडा इकाइ समितिका सचिव रमेश लामिछानेले सारङ्गी न्युजलाई बताउनुभयो । श्रीकृष्ण प्रणामी मन्दिर, मध्यनेपाल-६ भोर्लेटार लमजुङमा बिहान ११ बजेदेखि उक्त कार्यक्रम गरिने भएको हो ।

तीज गीत प्रतियोगिताका लागि प्रथम पुरस्कार रु. ७,०००/- तथा प्रमाणपत्र, द्वितीय पुरस्कार रु. ५,०००/-  तथा प्रमाणपत्र, तृतीय पुरस्कार रु. ३,०००/- तथा प्रमाणपत्र, सान्त्वना पुरस्कार रु. १,०००/- तथा प्रमाणपत्र र उत्कृष्ट नृत्य पुरस्कार रु. १,०००/- तथा प्रमाणपत्र रहेको आयोजकले जनाएको छ । मादीमिदिम वचत तथा ऋण सहकारी संस्थाले प्रथम पुरस्कारको र श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, दोभानडाँडा इकाइले द्वितीय पुरस्कारको प्रायोजन गरेको छ भने तृतीय पुरस्कार प्रायोजन उपेन्द्र अधिकारी, सान्त्वना पुरस्कार प्रायोजन प्रतीक्षा सुवेदी ‘कान्छी’, उत्कृष्ट भेषभूषा पुरस्कार कल्पना घिमिरे पौडेल, उत्कृष्ट नृत्य पुरस्कार प्रायोजन प्रकाश खनालद्वारा गरिने नवज्योति आमा समूह भोर्लेटारकी अध्यक्ष यशोदा न्यौपाने पौडेलले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP