भोर्लेटारमा खुल्ला तीज गीत प्रतियोगिता तथा श्रीकृष्ण जन्माष्टमी उत्सव हुने – Sarangi News

भोर्लेटार (लमजुङ)  । श्रीकृष्ण प्रणामी मन्दिर दोभान डाँडा र नवज्योति आमा समूह भोर्लेटारको संयुक्त आयोजनामा यही भाद्र २० गते खुल्ला तीज गीत प्रतियोगिता तथा श्रीकृष्ण जन्माष्टमी उत्सव कार्यक्रम हुने भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, दोभानडाँडा इकाइ समितिका सचिव रमेश लामिछानेले सारङ्गी न्युजलाई बताउनुभयो । श्रीकृष्ण प्रणामी मन्दिर, मध्यनेपाल-६ भोर्लेटार लमजुङमा बिहान ११ बजेदेखि उक्त कार्यक्रम गरिने भएको हो ।

तीज गीत प्रतियोगिताका लागि प्रथम पुरस्कार रु. ७,०००/- तथा प्रमाणपत्र, द्वितीय पुरस्कार रु. ५,०००/-  तथा प्रमाणपत्र, तृतीय पुरस्कार रु. ३,०००/- तथा प्रमाणपत्र, सान्त्वना पुरस्कार रु. १,०००/- तथा प्रमाणपत्र र उत्कृष्ट नृत्य पुरस्कार रु. १,०००/- तथा प्रमाणपत्र रहेको आयोजकले जनाएको छ । मादीमिदिम वचत तथा ऋण सहकारी संस्थाले प्रथम पुरस्कारको र श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, दोभानडाँडा इकाइले द्वितीय पुरस्कारको प्रायोजन गरेको छ भने तृतीय पुरस्कार प्रायोजन उपेन्द्र अधिकारी, सान्त्वना पुरस्कार प्रायोजन प्रतीक्षा सुवेदी ‘कान्छी’, उत्कृष्ट भेषभूषा पुरस्कार कल्पना घिमिरे पौडेल, उत्कृष्ट नृत्य पुरस्कार प्रायोजन प्रकाश खनालद्वारा गरिने नवज्योति आमा समूह भोर्लेटारकी अध्यक्ष यशोदा न्यौपाने पौडेलले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP