मध्यनेपाल(लमजुङ), लमजुङको मध्यनेपाल नगरपालिकाले असोज १ गते एक सुचना जारी गर्दै करदाता सेवा शुभारम्भ भएको जानाकारी गराएको छ। आन्तरिक राजस्व कार्यलय तनहुँको समन्वयमा मध्यनेपाल नगरपालिकाको आयोजनामा सोही दिन करदाता शिक्षा कार्यक्रम गरि सुचना जारी गरिएको हो। 
मध्यनेपाल नगरपालिकाका नगर प्रमुखको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा करदाता शिक्षा बिषयमा गहन छलफल गरि, स्थायी लेखा नं (PAN) जारी गर्ने कार्य, व्यवसायलाई आयकरमा दर्ता गर्ने कार्य(Business PAN) र आयकर दर्तामा कारोवार थप गर्ने कार्य, स्थायी लेखा नं (PAN) दर्तासंग सम्बन्धित संशोधन कार्य, दर्ता खारेजी भएका व्यवसायिक स्थायी लेखा नं (PAN) हरुलाई व्यक्तीगत स्थायी लेखा नं मा रुपान्तरण गर्ने कार्य लगायतका सेवा सुविधाहरुको निर्णायर्थ रुपमा तोकिएको थियो।

जसले गर्दा हरेक किसिमका व्यबसायमा संलग्न व्यक्तिहरु अर्थात नयाँ व्यवसाय गर्न चाहानेहरु व्यवसायिहरुलाई सजिलै स्थानिय तह अर्थात नगरपालिकाबाट सेवा सुविधा सहज रुपमा लिन दिन सकियोस भन्ने उद्देश्यले उक्त कदम अगाडि बढाईएको प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला ज्युले बताउनु भएको थियो।









