Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
शर्मिला कार्कीका मुक्तक – Sarangi News

शर्मिला कार्कीका केही मुक्तकहरू

आज साँझ चरी आए, सम्मेलन गरे
आफ्नै भाषा चिर्बिरीमा सम्बोधन गरे
यिनलाई पनि चुनावकै रङ्ग लाग्या हो कि ?
गूटगत विवादजस्तो लाग्यो भनाभन गरे !
*******
गत चुनावको घोषणापत्र के भयो नेताज्यू ?
धेरै धेरै योजना थिए यत्रतत्र के भयो नेताज्यू ?
खोला, नदी उँभै फर्काउने दामी आश्वासन बिर्सिनु भो ?
पुष्टि गर्नुभयो कि आठ दुना सत्र के भयो नेताज्यू ?
******
आफ्नै लुगा कहिले खुकुलो कहिले टिमिक्क लाग्छ
मौसम पनि कहिले प्रतिकूल कहिले ठिक्क लाग्छ
पाँच वर्षमा बल्ल गाउँमा आएका छन् नेताहरू
यिनको विगत र वर्तमान सम्झिल्याउँदा दिक्क लाग्छ ।
******************************
  • लेखिकाको हालै प्रकाशित मुक्तकसङ्ग्रह ‘पर्वतकिन्नरी’ बाट साभार
  • उक्त सङ्ग्रह लोकार्पण समारोहको भिडियो हेर्न यहाँ थिच्नुहोला । 
  • लेखिकाको फेसबुक एकाउन्ट हेर्न यसमा छुनुहोला । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP