Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
शर्मिला कार्कीका मुक्तक – Sarangi News

शर्मिला कार्कीका केही मुक्तकहरू

आज साँझ चरी आए, सम्मेलन गरे
आफ्नै भाषा चिर्बिरीमा सम्बोधन गरे
यिनलाई पनि चुनावकै रङ्ग लाग्या हो कि ?
गूटगत विवादजस्तो लाग्यो भनाभन गरे !
*******
गत चुनावको घोषणापत्र के भयो नेताज्यू ?
धेरै धेरै योजना थिए यत्रतत्र के भयो नेताज्यू ?
खोला, नदी उँभै फर्काउने दामी आश्वासन बिर्सिनु भो ?
पुष्टि गर्नुभयो कि आठ दुना सत्र के भयो नेताज्यू ?
******
आफ्नै लुगा कहिले खुकुलो कहिले टिमिक्क लाग्छ
मौसम पनि कहिले प्रतिकूल कहिले ठिक्क लाग्छ
पाँच वर्षमा बल्ल गाउँमा आएका छन् नेताहरू
यिनको विगत र वर्तमान सम्झिल्याउँदा दिक्क लाग्छ ।
******************************
  • लेखिकाको हालै प्रकाशित मुक्तकसङ्ग्रह ‘पर्वतकिन्नरी’ बाट साभार
  • उक्त सङ्ग्रह लोकार्पण समारोहको भिडियो हेर्न यहाँ थिच्नुहोला । 
  • लेखिकाको फेसबुक एकाउन्ट हेर्न यसमा छुनुहोला । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP