Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बुद्ध आविमा बालबिबाह विरुद्ध तीजगीत र विविध खेलकुद हुने, सहयोगको आह्वान – Sarangi News

प्रकाश अधिकारी ।
तमानखोला, बागलुङ । ५९ औं राष्ट्रिय बाल दिवस तथा हरितालीका तीजको अवसरमा बुद्ध आधारभूत विद्यालयमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ ।

नेपालीहरुकाे पर्व हरितालिका तीजकाे अवसरमा बालविवाह अन्त्यका लागि जनचेतनामूलक तीजगीत, सचेतना मुलक र्याली तथा छात्र/छात्रा भलिबल प्रतियोगिता आयाेजना गरिएको बुद्ध बाल क्लबले जनाएकाे छ।

‘सामाजिक अपराध’का रूपमा रहेको बालबिबाह रोक्न स्वयम् वालबालिका र विद्यालयको भुमिका महत्त्वपूर्ण हुने भएकाले यस्तो सचेतनामुलुक कार्यक्रम आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तीमगर जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरुकाे प्रतिभा पहिचान तथा संस्कृतिक जर्गेनाका लागि पनि महत्त्वपूर्ण हुने बताउनु भयो ।

कार्यक्रम यही भाद्र २९ श्री बुद्ध आधारभूत विद्यालयकाे प्राङ्गणमा हुने बाल क्लबका अध्यक्ष मिलन रोकाले जानकारी दिनुभयाे।मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्दै बालविवाह विरुद्धका प्रस्तुती रहने बताईएको छ ।

तीजगीत प्रतियोगितामा सहभागीता जनाउनकाे लागि क्लबले विविध नियमहरु बनाएको छ।
क्लबका सह-सचिव पुष्पाअन्जली सिउतानीका अनुसार तीजगीत ‘बाल विवाह अन्त्य गरौं’ भन्ने थिममा आफैंले रचना गर्नुपर्ने छ भने भाका मौलिक तीजगीतमा आधारित हुनुपर्ने छ । एक टिममा न्युनतम २ जना हुनुपर्ने नियम बनाइएकाे छ । प्रतियाेगीतामा भागि लिन कुनै शूल्क नलाग्ने बताइएकाे छ ।

त्यस्तै छात्र छात्रा भलिबल र भित्रबाहिर खेल पनि हुनेछन् । कार्यक्रमको मुख्य आकर्षक भने बालविवाह अन्त्यका लागि सचेततामुलुक र्याली र तीजगीत प्रतियोगिता हुनेछ ।

प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुनेले आकर्षक नगद र प्रमाणपत्र प्रदान गरिनेछ भने सहभागी सबैले प्रमाणपत्र पाउँनेछन् ।

कार्यक्रम सभ्य र भव्यरूपमा सम्पन्न गर्नको लागि करिब २५ हजार लाग्ने भएकाले बाल क्लबले जनाएको छ । देश विदेशमा रहेका तमानवासी सबै आमा बुवा,दाजुभाइलाई आर्थिक सहयाेग गरिदिन बाल क्लबले सबैलाई आग्रह समेत गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP