Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
श्री बुद्ध आधारभूत विद्यालयमा विज्ञान प्रदर्शनी ( फोटो फिचर ) – Sarangi News

प्रकाश अधिकारी

तमानखोला, बागलुङ । तमानखोला १ स्याउला स्थित श्री बुद्ध आधारभूत विद्यालयका छात्र–छात्राले विज्ञान प्रदर्शनीको आयोजना गरेका छन् । साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तरगत विद्यालयका आधारभूत तहमा अध्ययनरत छात्र–छात्राको शुक्रबार विज्ञान प्रदर्शनी आयोजना गरिएको हो ।

विज्ञान पुस्तकमा अध्ययन गरेका सैद्धान्तिक सिकाईलाई व्यवहारमा उतारेर देखाउनका लागि एक दिने प्रयोगात्मक विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयका विज्ञान शिक्षक टकमाया विश्वकर्माले बताउनु भयो ।

श्री बुद्ध आधारभूत विद्यालयकमा गठित बुद्ध बाल क्लबको आयोजनामा भएको विज्ञान प्रदर्शनीमा सहभागी छात्र÷छात्राले स्थानिय प्रविधि, सौर्यमण्डल, बायोग्याँस, ग्रिन हाउस इफेक्ट, न्यूटनको तेश्रो नियम, पास्कलको नियम, आर्किमिडिजको सिद्धान्त अनुसार ग्याँस, ज्वालामुखी लगाउतका विज्ञान सम्बन्धि नमूना तयार पारेर शिक्षक, अभिभावक तथा अन्य विद्यार्थीलाई देखाएका छन्।

छात्र/छात्राले सस्तो, सुलभ र घरमै उपलब्ध हुने सामाग्री प्रयोग गरेर निर्माण गरिएको विज्ञान सामाग्री प्रदर्शनीमा राखेका थिए । ‘विद्यार्थीले कक्षामा सिकेका सैद्धान्तिक कुराका आधारमा विज्ञान सामाग्री तयार पारेर प्रदर्शनी आयोजना गरिएको हो,’ विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तिमगरले भन्नुभयो, ‘विज्ञान विषयप्रति विद्यार्थीको सिकाई मापन गर्दै नयाँ खोज अनुसन्धानमा प्रोत्साहन मिल्ने हाम्रो अपेक्षा छ।’

बालबालिकाका सवालमा स्वयम् बालबालिका नै क्रियाशील भएर अघि बढ्दा यसले सकारात्मक सन्देश दिएको शिक्षक कविन्द्र सिउतानीले बताउनु भयो । बाल क्लबमार्फत चालिएका अभियानले बालबालिकाबीच अन्तरक्रिया, ज्ञान, सीप र सूचना प्रवाह हुनुका साथै उनीहरुको व्यवहारमा समेत परिर्वतन आउने सिउतानीको विश्वास छ ।

क्लबले यहि ५९ औँ राष्ट्रिय बालदिवस तथा हरितालिका तीजको अवसरमा भाद्र २९ गते बाल बिबाह अन्त्यका लागि सचेतनामूलक र्‍याली, खेलकुद तथा सांस्कृति कार्यक्रम–२०८० भव्यताका साथ संचालन गर्न लागिएको क्ल्बका अध्यक्ष मिलन रोकाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP