शिक्षक सङ्‍घको तिजगीतमा पोखरा पहिलो – Sarangi News

पोखरा । नेपाल शिक्षक सङ्घ, महिला विभाग, कास्कीले हरितालिका तिजका अवसरमा शुभकामना आदानप्रदानसँगै पालिकास्तरीय तिजगीत प्रतियोगिता शनिबार सम्पन्न गरेको छ । कार्यक्रमको सहआयोजक पोखरा महानगर कार्यसमितिको महिला विभाग रहेको थियो ।

नेपाल शिक्षक सङ्घका पालिकास्तरीय समिति तथा महिला विभागको सहभागिता रहेको प्रतियोगितामा पोखरा महानगर महिला विभाग प्रथम भएको छ । त्यसै गरी रूपा गाउँपालिका कार्यसमिति द्वितीय तथा माछापुच्छ्रे र मादी गाउँपालिका कार्यसमिति तृतीय भएका छन् । प्रतियोगीहरूले गुणस्तरीय शिक्षाः आजको आवश्यकता विषयमा गीत प्रस्तुत गरेका थिए । उनीहरूले सङ्घीय संसद्‍मा दर्ता हुने तयारीमा रहेको शिक्षा ऐन यथाशीघ्र जारी हुनुपर्ने र त्यसमा शिक्षकका मुद्दाहरूको उचित सम्बोधन हुनुपर्ने मागसमेत राखेका  राखेका सङ्घ, कास्कीका निवर्तमान सचिव मनिराम कडेलले जानकारी दिए । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५, ३ र २ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिताको पुरस्कार टीकादेवी भण्डारी, दीपेन्द्र बस्ताकोटी, द्रोणराज सुवेदी, ढकराज सुवेदी र राजु क्षेत्रीले प्रायोजन गरेका थिए ।

नेपाल शिक्षक सङ्घ, कास्कीकी उपाध्यक्ष तथा महिला विभागकी संयोजक सीतादेवी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक महासङ्घ, सङ्घीय समितिका महासचिव ज्ञानेन्द्र रावलले तिजगीतबाटै गुणस्तरीय शिक्षाका लागि गर्नुपर्ने पहलबारे प्रस्तुत गरिएका गीतहरू प्रेरणादायी भएको उल्लेख गरे । त्यसै गरी गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछाने, नेपाली काङ्ग्रेस, कास्कीका सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशसभाका सांसद् प्रकाश बराललगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन महिला विभागकी सचिव सन्जू शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २०, २०८२ शुक्रबार 200 Views

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

  मंग्सिर १७, २०८२ मंगलबार 81 Views

डा. अमर गिरीका दुई कृति एकैसाथ सार्वजनिक

  मंग्सिर १०, २०८२ मंगलबार 196 Views

कास्की आइडलमा टपटेन छनोट

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP