Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
शिक्षक सङ्‍घको तिजगीतमा पोखरा पहिलो – Sarangi News

पोखरा । नेपाल शिक्षक सङ्घ, महिला विभाग, कास्कीले हरितालिका तिजका अवसरमा शुभकामना आदानप्रदानसँगै पालिकास्तरीय तिजगीत प्रतियोगिता शनिबार सम्पन्न गरेको छ । कार्यक्रमको सहआयोजक पोखरा महानगर कार्यसमितिको महिला विभाग रहेको थियो ।

नेपाल शिक्षक सङ्घका पालिकास्तरीय समिति तथा महिला विभागको सहभागिता रहेको प्रतियोगितामा पोखरा महानगर महिला विभाग प्रथम भएको छ । त्यसै गरी रूपा गाउँपालिका कार्यसमिति द्वितीय तथा माछापुच्छ्रे र मादी गाउँपालिका कार्यसमिति तृतीय भएका छन् । प्रतियोगीहरूले गुणस्तरीय शिक्षाः आजको आवश्यकता विषयमा गीत प्रस्तुत गरेका थिए । उनीहरूले सङ्घीय संसद्‍मा दर्ता हुने तयारीमा रहेको शिक्षा ऐन यथाशीघ्र जारी हुनुपर्ने र त्यसमा शिक्षकका मुद्दाहरूको उचित सम्बोधन हुनुपर्ने मागसमेत राखेका  राखेका सङ्घ, कास्कीका निवर्तमान सचिव मनिराम कडेलले जानकारी दिए । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५, ३ र २ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिताको पुरस्कार टीकादेवी भण्डारी, दीपेन्द्र बस्ताकोटी, द्रोणराज सुवेदी, ढकराज सुवेदी र राजु क्षेत्रीले प्रायोजन गरेका थिए ।

नेपाल शिक्षक सङ्घ, कास्कीकी उपाध्यक्ष तथा महिला विभागकी संयोजक सीतादेवी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक महासङ्घ, सङ्घीय समितिका महासचिव ज्ञानेन्द्र रावलले तिजगीतबाटै गुणस्तरीय शिक्षाका लागि गर्नुपर्ने पहलबारे प्रस्तुत गरिएका गीतहरू प्रेरणादायी भएको उल्लेख गरे । त्यसै गरी गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछाने, नेपाली काङ्ग्रेस, कास्कीका सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशसभाका सांसद् प्रकाश बराललगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन महिला विभागकी सचिव सन्जू शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP