खोलाः बालकविता – Sarangi News

खोला (बालकविता)

                                          कमल भट्टराई

बग्दै बग्दै नजाऊ खोला

पर्ख मलाई पनि

 किन हिँड्छौ एक्लै तिमी ?

लैजाऊ मलाई पनि ।

कहाँसम्म यात्रा तिम्रो

 कहिले पुग्ने होला ?

हाम्रो जीवन खोलाजस्तै

कहाँ गइ टुङ्गिने होला ।

कहिले उर्लिएर बग्छौ तिमी

 कहिले मन्द गतिमा

सुख-दुःखको सामना गर्दै

बढ्नु रहेछ अघि जीवनमा ।

परोपकारको पाठ सिकाई

 तिमी अघि बड्छौ

कहिल्यै थाक्नु हुन्न भन्ने

सन्देश सबलाई बाँड्छौ ।

तिम्रो निर्मल जल

गङ्गा जलझैँ पवित्र रहेछ

सबैतिर हरियो पार्ने

तिम्रो उद्देश्य महान् रहेछ ।

ए खोला !

बग्दै जाऊ, बग्दै जाऊ

नपर्ख अब कसैलाई

तिम्रो अविराम यात्रालाई

पछ्याउनु त रहेछ हामीलाई ।

………………………………

गैरीगाउँ बासँबोटे ,लोधोमा-२ ,दार्जीलिङ निवासी कमल भट्टराई शिक्षण पेसामा आबद्ध हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम


TOP