Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
खोलाः बालकविता – Sarangi News

खोला (बालकविता)

                                          कमल भट्टराई

बग्दै बग्दै नजाऊ खोला

पर्ख मलाई पनि

 किन हिँड्छौ एक्लै तिमी ?

लैजाऊ मलाई पनि ।

कहाँसम्म यात्रा तिम्रो

 कहिले पुग्ने होला ?

हाम्रो जीवन खोलाजस्तै

कहाँ गइ टुङ्गिने होला ।

कहिले उर्लिएर बग्छौ तिमी

 कहिले मन्द गतिमा

सुख-दुःखको सामना गर्दै

बढ्नु रहेछ अघि जीवनमा ।

परोपकारको पाठ सिकाई

 तिमी अघि बड्छौ

कहिल्यै थाक्नु हुन्न भन्ने

सन्देश सबलाई बाँड्छौ ।

तिम्रो निर्मल जल

गङ्गा जलझैँ पवित्र रहेछ

सबैतिर हरियो पार्ने

तिम्रो उद्देश्य महान् रहेछ ।

ए खोला !

बग्दै जाऊ, बग्दै जाऊ

नपर्ख अब कसैलाई

तिम्रो अविराम यात्रालाई

पछ्याउनु त रहेछ हामीलाई ।

………………………………

गैरीगाउँ बासँबोटे ,लोधोमा-२ ,दार्जीलिङ निवासी कमल भट्टराई शिक्षण पेसामा आबद्ध हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP