Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम। – Sarangi News

भोर्लेटार। मध्यनेपाल नगरपालिका भोर्लेटारमा हरितालिका तीजको अवसरमा सेवेन ए साईड फुटबल प्रतियोगिता आजबाट शुरु खेलमा ३२ टिमको सहभागिता रहेको छ। धुलपुरे युवा क्लब भोर्लेटारको आयोजना मध्यनेपाल नगरपालिकाको सह आयोजनामा भएको कार्यक्रम मध्यनेपाल नगरपलिकाको नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको थियो।

बिगतका बर्षहरुमा कोरोना र अन्य समस्याका कारण यस भोर्लेटारको सान तीजको अबवसरमा खेलाईने फूटबल प्रतियोगिता समस्या आएता पनि यस बर्ष अत्यन्तै सैहार्दपुर्ण वातारणमा हुने अपेक्षाका साथ खेल संचालन गरिएको धुलपुरे युवा क्लबका अध्यक्ष बिकास गुरुङले बताए र अध्यक्ष गुरुङका अनुसार सबै समाज सेवि बुद्दिजिबि वर्गहरु प्रशासन लगायत सरोकारवाला ब्यक्तीहरुसंग सम्वन्वय गरि अगाडि बढेको र यस खेललाई सम्पन्न गर्न सबैले अहम भुमिका समेत खेल्ने बताएका थिए।

उद्घघाटन सत्रमा खेलाडी र रेफ्रीलाई फूटबल हस्तान्तरण गरि नगर प्रमुख पाण्डेले शुभकामाना दिदै खेलको शुरु भएको थियो। पहिलो खेल धुलपुरे युवा क्लब U16 बिरुद्द ग्रीन भ्याली एकेडेमी बिच भएको थियो जसमा धुलपुरे युबा क्लबले ग्रीन भ्यालिलाई शुन्यका बिरुद्द दुई गोलले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेल डि युनाईटेड भोर्लेटार बिरुद्द धुलपुरे युवा क्लब बिच भएको थियो। डि युनाईटेडले पाँच गोलका बिरुद्द शून्य गोल सहित धुलपुरे क्लबलाई पराजित गरेको थियो।

खेलको प्रथम पुरस्कार एक लाख एक हजार प्रमाण पत्र मेडल र ट्रफी रहेको छ भने दोस्रो पुरस्कार पचास हजार प्रमाण पत्र मेडल ट्रफी साथै उत्कृष्ट खेलाडी गोलकर्ता टिम सबैको लागि समेत पुरस्कार प्रमाण पत्र ट्रफी मेडल रहेको क्लबका अध्यक्ष गुरुङले बताए। आजको उद्घाटन खेल दुई मात्र बाँकी भोलि बिहान देखि समयमा नै हुने समेत क्लबका अध्यक्ष गुरुङले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP