Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम। – Sarangi News

भोर्लेटार, लमजुङ। नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा भोर्लेटारमा आयोजित आज मुनु स्मृति तीज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी, भोर्लेटारले  प्रथम पुरस्कार हात पार्न सफल भएको छ। लमजुङ उद्योग वाणिज्य सङ्घ भोर्लेटार इकाईको आयोजनामा रहेको कार्यक्रममा मध्यनेपाल नगरपालिकाका नगर उप प्रमुख सीता गुरुङको प्रमुख आतिथ्यमा भएको थियो भने उद्योग बाणिज्य संघ भोर्लेटार ईकाईका अध्यक्ष जाकिर हुसेनले कार्यकमको अध्यक्षता गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने अमजु बुहारी समुह, सिम्पानी भोर्लेटारले  रु १५ हजार सहित प्रमाण पत्र प्राप्त गरेका थिए । दोस्रो हुने समूह शिवशक्ति ब्राम्हण समाज, करापुटारले रु १० हजार र प्रमाण पत्र प्राप्त गरे त्यस्तै तेस्रो हुने नारायणी आमा समूह रानिपानीले रु ६ हजार र प्रमाणपत्र प्राप्त गरेका थिए । सान्त्वनामा श्रीकृष्ण प्रणामी मन्दिर समूह, दोभानडाँडा भोर्लेटारले रु ३ हजार र प्रमाण पत्र प्राप्त गरे। उत्कृष्ट नृत्यमा नवज्योति आमा समूह भोर्लेटार रु १५ सय र उत्कृष्ट वेशभुषामा राधाकृष्ण आमा समुह, भोर्लेटारले रु १५ सय र प्रमाण पत्र र अन्य बाल क्लबहरुलाई १/१ हजार र प्रमाण पत्रहरु प्रमुख अतिथी गुरुङले प्रदान गर्दै सबै बिजेताहरुलाई शुभकामना तथा बधाई दिनु भएको थियो। उद्योग बाणिज्यसंघ भोर्लेटार ईकाईको आयोजनामा रहेको कार्यक्रममा मध्यनेपाल नगरपालिकाका नगर उप प्रमुख सीता गुरुङको प्रमुख आतिथ्यमा भएको थियो। ईकाईका अध्यक्ष जाकिर हुसेनले अध्यक्षता गरेका थिए।

प्रतियोगितामा प्रथम हुने अमजु बुहारी समुहले रु १५ हजार सहित प्रमाण पत्र प्राप्त गरेका गरे। दोस्रो हुने समूह शिवशक्ती ब्राम्हण समाजले रु १० हजार र प्रमाण पत्र प्राप्त गरे त्यस्तै तेस्रो हुने नारायणी आमा समूह रानिपानीले रु ६ हजार र प्रमाण पत्र प्राप्त गरेका थिए। सान्त्वनामा कृष्ण प्रणामी समुहले रु ३ हजार र प्रमाण पत्र प्राप्त गरे। उत्कृष्ट नृत्यमा नवज्योती आमा समूह भोर्लेटार रु १५ सय र उत्कृष्ट भेषभुषामा राधाकृष्ण आमा समुहले रु १५ सय र प्रमाण पत्र र अन्य बाल क्लबहरुलाई १/१ हजार र प्रमाण पत्रहरु प्रमुख अतिथी गुरुङले प्रदान गर्दै सबै बिजेताहरुलाई शुभकामना तथा बधाई दिनु भएको थियो। जम्मा १५ समुहको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथिले हामिले हाम्रो संस्कार र संस्कृतिलाई बचाउने हो तर बर्तमान अवस्थामा देखिएका एक फरक खालको बिकृती बिसंगती फैलाउने तिज उल्लासलाई कदापी उल्लास र पर्वको रुपमा नमनाउन र तडक भडक नगर्न अनुरोध गरेका थिए।

कार्यक्रमको अन्त्यमा कार्यक्रमको अध्यक्ष हुसेनले सम्पुर्ण सहभागी र बिजेता उपबिजेताहरुलाई बधाई तथा शुभकामना दिदै आगमी बर्षहरुमा पनि हामिले यस्ता कार्यक्रमहरु गर्ने बताए। कार्यक्रम सफल बनाउन भुमिका खेल्ने सबैलाई धन्यवाद दिदै सम्पुर्ण दिदी बहिनिहरुलाई तिजको शुभकामना ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए। १५ समुहको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथिले हामिले हाम्रो संस्कार र संस्कृतिलाई बचाउने हो तर बर्तमान अवस्थामा देखिएका एक फरक खालको बिकृती बिसंगती फैलाउने तिज उल्लासलाई कदापी उल्लास र पर्वको रुपमा नमनाउन र तडक भडक नगर्न अनुरोध गरेका थिए । कार्यक्रममा लमजुङ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष मृगेन्द्र घिमिरे, पूर्व जनप्रतिनिधि एवम् मुनु स्मृति फाउन्डेसनका स‌ंरक्षक मेघनाथ पौडेल, मध्यनेपाल नगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णुभक्त पौडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमको अध्यक्ष हुसेनले सम्पुर्ण सहभागी र बिजेता उपबिजेताहरुलाई बधाई तथा शुभकामना दिदै आगमी बर्षहरुमा पनि हामिले यस्ता कार्यक्रमहरु गर्ने बताए। कार्यक्रम सफल बनाउन भुमिका खेल्ने सबैलाई धन्यवाद दिदै सम्पुर्ण दिदी बहिनिहरुलाई तिजको शुभकामना ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य ईकाईका उपाध्यक्ष सिता राम रानाभाटले गएरेका थिए भने कार्यक्रमको संचालन लक्ष्मी घिमिरेले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP