Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
भोर्लेटार एफ सीले तिज कप २०८० हात पार्न सफल। – Sarangi News

भोर्लेटार, लमजुङ। धुलपुरे युवा क्लबद्वारा तिजको अवसरमा आयोजित सेवेन ए साईड खुल्ला फुटबल प्रतियोगिता भोर्लेटार एफ सिले हात पार्न सफल भएको छ। गोल्डेन फ्युचर युवा क्लव जितालाई एक गोलका बिरुद्द तीन गोलले पराजित भोर्लेटार एफसिले उपाधी हात पार्न सफल भएको हो। आश्विन १ गतेदेखी संचालन भएको खेलमा ३२ टिमको सहभागिता रहेको थियो।

स्थानिय खेलाडिहरुको उत्पादन तथा खेल प्रवर्दन प्रोत्साहन र बिकासको उद्देश्यले संचालित खेलमा खेलाडी टिमहरुको उत्साहजनक सहभागिता रहेको थियो। खेलका विभिन्न चरण पार गर्दै सेमिमा पुग्न सफल गोल्डेन फ्युचर युवा क्लब जिता र डिके युनाईटेड भोर्लेटार बिच पहिलो खेल भएको थियो। खेल अति नै प्रतिष्पर्धात्मक भएको थियो जसमा दुबै टिमले बराबरी खेल २/२ गोल गर्न सफल भएर पेनाल्टीमा पुगेका थिए। पेनाल्टी गोलमा गोल्डेन फ्युचर युवा क्लब जिताले गोल सेफ गर्न सफल भएर फाइनलमा प्रबेश गरेको थियो। सेमि फाइनलको दोस्रो खेल भोर्लेटार एफ सि बिरुद्द क्रीयटिब युथ क्लब डडुवा बिच भएको थियो। जसमा भोर्लेटार एफ सिले क्रीयटिव युथ क्लबलाई शुन्यका वीरुद्द तीन गोलले पराजित गर्दै फानलमा प्रवेश गरेको थियो।

प्रथम हुन सफल बिजेताटिमले एक लाख एक हजार सहित ट्र्फि मेडल प्राप्त गरेको थियो। उपबिजेता टिमले एकाउन्न हजार रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो। उकृष्ट खेलाडी गोल्डेन फ्युचर युवा क्लब जिताका मनिस तामाङले प्राप्त गरे। सर्वाधिक गोल कर्ता भोर्लेटार एफ सिका याकु राना मगर र उत्कृष्ट गोल रक्षक भोर्लेटार एफसिको शिव पियाले प्राप्त गरे। साथै जनही खेलाडी  २५/२५ सय रुपैया ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो साथै धुलपुरे U16 लाई अनुशासनमा रहेर खेल्न सफल भएकोले अनिशासित टिम घोषणा गरिएको थियो।

बिजेता उपबिजेता तथा खेलाडीहरुलाई पुरस्कार ट्र्फी मेडल र प्रमाण पत्र मध्यनेपाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु भक्त पौडेल र १० को वडा अध्यक्ष तथा नगर प्रवक्ता राम चन्द्र भण्डारीले हस्तान्तरण गर्दै बधाई तथा शुभकामाना दिनु भएको थियो।

क्लबका अध्यक्ष बिकास गुरुङ्गले तिज कप २०८०को प्रत्योगिता अत्यन्तै सौहार्दपुर्ण वातावरणका साथ सम्पन्न भएको जिकिर गर्दै कार्यक्रम सफल बनाउन सहयोगी दाताहरु मध्यनेपाल नगरपालिका नगर प्रमुख रमेश कुमार पाण्डे, प्रशासन टिम ईप्रका भोर्लेटार, राजनैतिक समाज सेवि बुद्दिजिवी वर्गहरु लगायत विभिन्न संघसस्थाहरु सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी बर्षहरुमा थप आकर्षक प्रेरक बनाउदै लैजाने र यसरी नै सबैको साथ र सहयोगको अपेक्षा सहित खुशी ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP