Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
जादुः बालकविता – Sarangi News

जादु (बालकविता)

           – सुनिता देवकोटा

अल्छीपना छोडेर
बेला बेला गोडेर
पानी राखिदिए
मल राखिदिए
फल लाग्छ कसरी
जादु गरे जसरी

बिउको पोको फुकाई
आँगनमा सुकाई
हातले साना साना
रोपिदिए दाना
माना हुन्छ कसरी
जादु गरे जसरी

री थरी बिउ
फूलका लेउ
रोपिछाडे कुनामा
जादु हुन्छ मुनामा
मुना फूल्छ कसरी
जादु गरे जसरी

पातका खात खातमा
फूलका पात पातमा
बारी ढाक्ने तोरीमा
इन्द्रेणीका डोरीमा
रङ्ग आउँछ कसरी
जादु गरे जसरी

*******************************

[अन्नपूर्ण ६ कास्की, लुम्ले घर भई हाल पोखरा विश्वविद्यालय, स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेस, जनस्वास्थ्य सङ्‌काय अन्तिम वर्षमा अध्यनरत सुनिता देवकोटा सानैदेखि कविता लेख्ने, चित्र कोर्ने र गीत गाउनमा रुचि राख्ने गर्थिन् । विगत केही वर्षदेखि चित्रकलामा अभ्यस्त उनी `बार्दली´ चिरिएका पैताला ´,`घर फर्कने तिर्खा´,`सिङ्गो जुनको प्रतीक्षा ´जस्ता प्रकाशित साहित्यिक कृतिमा कभर पेन्टिङ गरेकी छिन्। कविता लेख्ने क्रममा पोखरा विश्वविद्यालय (पियु फेयर)मा आयोजित खुल्ला कविता प्रतियोगिता-२०७७मा दोस्रो,ने .वि संघ NCIT इकाइद्वारा आयोजित खुल्ला कविता प्रतियोगिता -२०८० मा प्रथम र पोखरा विश्व विश्वविद्यालयमा आयोजित खुल्ला कविता प्रतियोगिता २०८० मा प्रथम स्थान हासिल गरेकी थिइन् । साहित्य संगम नुवाकोट, विशिष्ट आजीवन सदस्य सुनिताले संगम साहित्य सम्मान २०७८´प्राप्त गरेकी थिइन्। साहित्य साधनामा लागिरहने हेतुले साहित्यिक पत्रिका `साहित्यपोस्ट´मा हस्तलिखित कविताकी स्तम्भकार रहेर पनि उनले काम गरेकी थिइन् ।सानै देखि बालकविता लेख्न रुचि राख्ने उनकाआफ्ना केही बाल कविता सामाजिक सञ्जाल फेसबुक, नेपाली बालसाहित्य फेसबुक समूहका अतिरिक्त सारङ‌्गी न्युजमा समेत प्रकाशित हुँदै आएका छन्  ।]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP