Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन। – Sarangi News

 

भोर्लेटार, लमजुङ। विजयादशमी, शुभ दिपावली तथा छठ पर्वहरुमा यात्रुहरुलाई सहजिकरण गर्ने उद्देश्यले मध्य नेपाल नगरपालिकाको दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना संचालन भएको छ ।

ईलाका प्रहरी कार्यालय भोर्लेटार र अस्थाई ट्राफिक पोष्ट भोर्लेटारको संयुक्त रुपमा मध्य नेपाल नगरपालिका वडा नं. ६ पाखुरीचोक र वडा नं. ४ दुई पिप्लेमा यात्रु सहायता कक्ष संचालन आज्देखी आएको हो। यात्रु सहायता कक्ष संचालनबाट बढि भाडा दर नियन्त्रण, आरक्षण सिटको सुनिश्चतता, सवारी साधनमा हुने दुर्व्यवहार नियन्त्रण, सवारी साधनमा क्षमता भन्दा बढि यात्रुको नियन्त्रण, यात्रुको सामान छुटेमा सहजिकरण, यात्रु अलपत्र भएमा सहजिकरण, सवारी साधनको छतमा यात्रा निरुत्साहित गर्ने, प्रयोजन विपरित सवारी साधनको प्रयोगमा नियन्त्रण, सवारी चालक र सह-चालकले गर्ने व्यवहारमा सुदृढिकरण, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान, पाकेटमारी नियन्त्रण, गर गहना चोरी हुन सचेत रहन तथा आवश्यक परेमा प्रहरीलाई खबर गर्न अनुरोध गर्न समेत अनुरोध गरिएको थियो ।

उक्त कार्यक्रममा मध्य नेपाल नगरपालिकाका उप-प्रमुख सीता गुरुङको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा प्रमुख अतिथी गुरुङले यात्रु सहायता कक्षको औचित्य पुष्टी पारी विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभ कामना व्यक्त गर्दै हरेक सवारी चालकलाई जिम्मेवार भई यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउनको लागि अनुरोध गर्नु भएको थियो। साथै प्रतिनिधिको रुपमा ना.६.ख ८१४८ नं.को सवारी साधनको चालक र सह-चालकलाई सम्मान गरि यात्रु सहायता कक्ष संचालनको शुभारम्भ गर्नु भएको थियो।

दशैं तिहार तथा चाडवाडलाई विशेष लक्षित यस कार्यक्रमले विभिन्न दुर्घटनाबाट बच्न तथा न्युनिकरणमा सहयोग पुर्याउने ईप्रका भोर्लेटारका प्रमुख ईन्स्पेक्टर राजाराम खडकाले सारंङ्गी न्युजलाई बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP