Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
बाल गजल : दसैँ – Sarangi News

बाल गजल : दसैँ

– कमला घिमिरे अधिकारी

दसैँ पर्व खुसीले मनाउनु पर्छ ।

भातृत्व   भाव  जगाउनु  पर्छ  ।

 

संस्कृति हाम्रो अमूल्य छ हेर,

सबै मिलिजुली  बचाउनु पर्छ  ।

 

सद‌्भाव साट्दै मिठो खाने हो रे,

परिकार   धेरै  पकाउनु  पर्छ   ।

 

खुसी छन् सदस्य घरै हाँसेको छ,

नयाँ लुगा लाई टिका थाप्नु पर्छ  ।

 

बुज्रुकको आशीष लिने पर्व हो रे,

श्रद्धाले  झुक्नु र रमाउनु   पर्छ  ।

 

छुट्टीको भरपुर मज्जा लिने हो रे,

चच…हुईय पिङ खेल्दै कराउनु पर्छ ।

 

जानी  नजानी  कुनै  गल्ती  भए,

क्षमा मागी  ईर्ष्या  भगाउनु  पर्छ  ।

 

दसैँ पर्व  खुसीले  मनाउनु  पर्छ

भातृत्व   भाव   जगाउनु  पर्छ  ।


     लमजुङ बेसीशहर   

           हाल:- टोखा ७, काठमाडौं

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP