Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बाल गजल : दसैँ – Sarangi News

बाल गजल : दसैँ

– कमला घिमिरे अधिकारी

दसैँ पर्व खुसीले मनाउनु पर्छ ।

भातृत्व   भाव  जगाउनु  पर्छ  ।

 

संस्कृति हाम्रो अमूल्य छ हेर,

सबै मिलिजुली  बचाउनु पर्छ  ।

 

सद‌्भाव साट्दै मिठो खाने हो रे,

परिकार   धेरै  पकाउनु  पर्छ   ।

 

खुसी छन् सदस्य घरै हाँसेको छ,

नयाँ लुगा लाई टिका थाप्नु पर्छ  ।

 

बुज्रुकको आशीष लिने पर्व हो रे,

श्रद्धाले  झुक्नु र रमाउनु   पर्छ  ।

 

छुट्टीको भरपुर मज्जा लिने हो रे,

चच…हुईय पिङ खेल्दै कराउनु पर्छ ।

 

जानी  नजानी  कुनै  गल्ती  भए,

क्षमा मागी  ईर्ष्या  भगाउनु  पर्छ  ।

 

दसैँ पर्व  खुसीले  मनाउनु  पर्छ

भातृत्व   भाव   जगाउनु  पर्छ  ।


     लमजुङ बेसीशहर   

           हाल:- टोखा ७, काठमाडौं

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP