Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
ईप्रका भोर्लेटारमा प्रवचन तथा योग अभ्यास सम्पन्न। – Sarangi News

भोर्लेटार, लमजुङ। असोज ३० गतेको ६८ औ प्रहरी दिवसलाई लक्षित गर्दै ईलाका प्रहरी कार्यालय भोर्लेटारमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रवचन तथा योग अभ्यास कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार बिहान ब्रम्हकुमारी ईश्वरीय राजयोग केन्द्र भोर्लेटारले ईलाका प्रहरी कार्यालय भोर्लेटारमा कार्यारत प्रहरी कर्मचारीहरुलाई प्रवचन तथा योगाभ्यास गरेको थियो ।

सो कार्यक्रममा ब्रम्हकुमारी ईश्वरीय राजयोग केन्द्रकी सदस्य रेश्मा गिरीद्वारा सकारात्मक सोज, तनाव व्यवस्थापन, असल विचार, खुशी हुने विधि, नैतिकता, सत्कर्म, सादा जीवन ,योगाका प्रकार र अभ्यास सम्बन्धी विविध विषयमा प्रकाश पारी अन्तमा विजया दशमी, दिपावली र छठ पर्वको शुभकामना आदन प्रदान गरी कार्यक्रम सम्पन्न भएको ईप्रका भोर्लेटारका प्रहरी निरिक्षक राजाराम खडकाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP