Trend
नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||   शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष भण्डारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री  ||   श्रावण महिनाको पहिलो सोमबार ईशानेश्वर महादेव मन्दिरमा ८० हजार दान संकलन।  ||  
शनिबार , साउन १६, २०८३
केयरसिंहको ठक्करहरूको यात्राशास्‍त्र विमोचन – Sarangi News

पोखरा । कवि केयरसिंह गुरुङको नवीनतम कविताकृति ठक्करहरूको यात्राशास्त्रको बुधबार पोखरामा विमोचन भएको छ ।

गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले कृति विमोचन गरेका हुन् । उनले कवि केयरसिंहलाई ‘पहरामा फुलेको फूल’ को संज्ञा दिए । लमजुङको घाम्राङमा गाउँमा शिक्षणसँगै साहित्य सिर्जनामा लागिरहेका गुरुङले गुरुङ भाषासँगै नेपाली भाषाको साहित्यमा समेत महत्त्वपूर्ण योगदान दिएको भन्दै बिखर्चीले केयरसिंहको यो कृतिमा जीवनका उतारचढावहरूलाई दार्शनिक शैलीमा प्रस्तुत गरिएको बताए । नेपाली कविताका क्षेत्रमा कृतिले विशेष महत्त्व राख्ने उनको भनाइ थियो ।

कृतिको समीक्षा गर्दै गुरुङ साहित्यिक मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले कृतिमा कहिले हँसाउने, कहिले रुवाउने खालका ८१ कविता समेटिएको बताए । बिम्ब र प्रतीकको सुन्दर संयोजन गरिएको कृतिमा नेपाली माटो र संस्कृतिको पहिचान झल्काउने कविताहरू समेटिएको उनले विश्लेषण गरे ।

कवि केयरसिंह गुरुङले जीवन यात्राका क्रममा लागेका ठक्करहरूलाई लिपिबद्ध गरेर कविता लेखेको बताए । उनले कृतिमा आफ्नो व्यक्तिगत ठक्करहरू मात्र नभई समाज र देशका ठक्करहरूलाई समेत समेट्ने प्रयास गरेको भनाइ राखे । लमजुङको क्व्होलासोथार गाउँपालिका-८, घाम्राङका स्थायी बासिन्दा गुरुङ सोही ठाउँमा सूर्योदय माविमा अध्यापनरत छन् । यसअघि नेपाली लोकथा सङ्ग्रह (२०५३), हाम्रा नेपाली लोककथा सङ्ग्रह (२०५६), तमु कविता सङ्ग्रह (२०६२) तमु व्याकरण र अभिव्यक्ति (२०६९), तमु-नेपाली-अङ्ग्रेजी शब्दकोश (२०७४) लगायतका कृति प्रकाशित गरेका उनको यो आठौँ कृति हो । उनले ३ ओटा गुरुङ चलचित्रमा कथा र गीत लेखेका छन् । उनी गण्डकी प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पनि हुन् ।

ठाडो भाका लोक कला प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रम सोही संस्थाका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ को अध्यक्षतामा भएको थियो । संस्थाका संस्थापक महासचिव रुपिन्द्र प्रभावीद्वारा सञ्चालित कार्यक्रममा गण्डकी प्रज्ञा-प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, हिमाली गुरुङ परिवारका अध्यक्ष पर्त घले, तमु धीँ युकेका पूर्व अध्यक्ष डम्बर घले, लमजुङ-पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिजुलीबहादुर गुरुङ, साहित्यकार अमरलेम गुरुङ, गण्डकी प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य गमबहादुर गुरुङलगायतले शुभकामना दिएका थिए । सो अवसरमा ठाडो भाका गायक धम्पु र गायिका सीता दुराले ठाडो भाका गायन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP