Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
सोमबार , अषोज २७, २०८२
प्रविधिमैत्री शिक्षक समाजद्वारा शिक्षकलाई प्रविधिसम्बन्धी अभिमुखीकरण – Sarangi News

पोखरा । प्रविधिमैत्री शिक्षक समाज, कास्कीले बिहिबार शिक्षण सिकाइमा प्रविधिको प्रयोगसम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।

शिक्षण सिकाइमा मोबाइल एप्लिकेसनको प्रयोगसम्बन्धी अभिमुखीकरण प्रविधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय अध्यक्ष भूपति बश्यालले र लेटर ग्रेडिङमा आधारित मूल्याङ्क पद्धतिसम्बन्धी अभिमुखीकरण प्रशिस, कास्कीका सदस्य रुपिन्द्र प्रभावीले गरेका थिए । राइट फर चिल्ड्रेनको सहआयोजना र शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीको समन्वयमा भएको कार्यक्रममा कास्की र वरिपरिका शिक्षकहरूको सहभागिता रहेको थियो ।

प्रशिस, कास्कीकी अध्यक्ष सकुन्तला सोतीको अध्यक्षतामा भएको उद्‍घाटन सत्रका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षकलाई प्रविधिको महत्त्वमाथि प्रकाश पार्दै दौडिन चाहने अहिलेका विद्यार्थीसँगै हिँड्न पनि नसक्ने शिक्षक अब टिक्न नसक्ने बताए । समयको मागलाई सम्बोधन गर्दै सिकाइ गर्नुपर्नेमा जोड दिँदै उनले सिक्नका लागि सबै तयार हुनुपर्ने धारणा राखे ।

प्रशिसका केन्द्रीय अध्यक्ष भूपति बश्यालले प्रविधिमैत्री शिक्षक समाजको अभियान सबै शिक्षकहरूलाई प्रविधिमैत्री बनाउने रहेको भन्दै यसमा सम्बन्धित निकायको सहयोग अपरिहार्य रहेको बताए । कार्यक्रममा केन्द्रीय महासचिव देवीप्रसाद शर्मा, गण्डकी प्रदेशका अध्यक्ष श्रीकान्त पौडेल, नेपाल टेलिकम, गण्डकी प्रदेश बजार शाखाका प्रमुख महेन्द्र रिमाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष रोमहर्षण पौडेल, राइट फर चिल्ड्रेनका विष्णुप्रसाद अधिकारीलगायतले शुभकामना दिएका थिए ।

प्रशिस, कास्कीका सचिव भीम सुवेदीको सञ्चालन तथा सदस्य बृहस्पति लम्सालको स्वागतमा भएको कार्यक्रममा सहभागीहरूका तर्फबाट रमेश भट्टराई र इन्दिरा सापकोटाले प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP