Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
अन्नपुर्ण गाउपालिकाले बजार अनुगमन र भत्ता बितरण। – Sarangi News

कास्की। अन्नपुर्ण गाउपालिकाले दशै तथा तिहारलाई लक्षित गर्दै बजार अनुगमन र भत्ता बितरण गरेको छ।

कार्तिक २ र ३ गते बजार अनुगमन र मिति गुज्रिएको खाद्यान्न नष्ट नागडाँडा, काँडे, लुम्ले , नयाँपुल बजार क्षेत्रमा र वडा ४ सल्यान गाउमा गाउपालिका अध्यक्ष बिष्णु बहादुर केसिको उपस्थितिमा गरिएको थियो। अशक्त र वृदाहरुलाई घर घरमा पुगेर भत्ता बितरण गर्ने कार्यले बैक पुगेर लाईन बस्ने र आवत जावतमा झेल्न पर्ने समस्याबाट मुक्त भएको स्थानिय सल्यान बासिले बताउछन।

त्यस्तै उपभोक्ताहरुको गुनासो र बजार क्षेत्रमा हुनसक्ने शंकास्पद गतिविधिलाई ध्यानमा राखी अन्नपूर्णबासी आम उपभोक्ताहरुको हितलाई मध्येनजर गर्दै बजार अनुगमन गरिएको र  बजार अनुगमनको क्रममा भेटिएका कमि कमजोरीहरुलाई सच्याउनको लागी व्यापारी-ब्यवसायिहरुलाइ चेतावनी दिदै थालिएको अनुगमनको क्रममा भेटिएको म्याद नाघेको तथा खान अयोग्य खाद्य सामानहरु जफत गरि नष्ट गरिएको थियो

गाउँ पालिका अध्यक्ष केसी, वडा अध्यक्ष आइन्दल गुरुङ , वडा सदस्य मन बहादुर गुरुङ ( सन्तोष ), प्रहरि र Nic Asia बैंकको समन्वयमा घर घरमा गएर भत्ता वितरण गरिएको वडा सदस्य मन बहादुर गुरुङले सारंगी न्युजलाई बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP