Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
अन्नपुर्ण गाउपालिकाले बजार अनुगमन र भत्ता बितरण। – Sarangi News

कास्की। अन्नपुर्ण गाउपालिकाले दशै तथा तिहारलाई लक्षित गर्दै बजार अनुगमन र भत्ता बितरण गरेको छ।

कार्तिक २ र ३ गते बजार अनुगमन र मिति गुज्रिएको खाद्यान्न नष्ट नागडाँडा, काँडे, लुम्ले , नयाँपुल बजार क्षेत्रमा र वडा ४ सल्यान गाउमा गाउपालिका अध्यक्ष बिष्णु बहादुर केसिको उपस्थितिमा गरिएको थियो। अशक्त र वृदाहरुलाई घर घरमा पुगेर भत्ता बितरण गर्ने कार्यले बैक पुगेर लाईन बस्ने र आवत जावतमा झेल्न पर्ने समस्याबाट मुक्त भएको स्थानिय सल्यान बासिले बताउछन।

त्यस्तै उपभोक्ताहरुको गुनासो र बजार क्षेत्रमा हुनसक्ने शंकास्पद गतिविधिलाई ध्यानमा राखी अन्नपूर्णबासी आम उपभोक्ताहरुको हितलाई मध्येनजर गर्दै बजार अनुगमन गरिएको र  बजार अनुगमनको क्रममा भेटिएका कमि कमजोरीहरुलाई सच्याउनको लागी व्यापारी-ब्यवसायिहरुलाइ चेतावनी दिदै थालिएको अनुगमनको क्रममा भेटिएको म्याद नाघेको तथा खान अयोग्य खाद्य सामानहरु जफत गरि नष्ट गरिएको थियो

गाउँ पालिका अध्यक्ष केसी, वडा अध्यक्ष आइन्दल गुरुङ , वडा सदस्य मन बहादुर गुरुङ ( सन्तोष ), प्रहरि र Nic Asia बैंकको समन्वयमा घर घरमा गएर भत्ता वितरण गरिएको वडा सदस्य मन बहादुर गुरुङले सारंगी न्युजलाई बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP