Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बालकविताः दसैं आयो रे ! – Sarangi News

दसैं आयो रे ! (बालकविता)

                    फेसबुक कवि, दोलखा

खाना नाना जमारामा, दसैं आयो  रे,

गाउँ शहर सबैतिर, खुसी छायो रे ।

कान्छी साइँली माझी, चोरी बुढी,

लट्ठा बाटी बाबिया, पिङमा उडी ।

दस‌ैं आयो दस‌ैं आयो , कान्छी रमाउँछ,

डोरी पिङ् लट्ठा, क‌हिले नाना समाउँछ ।

खाउँला पिउँला भनेर, साँइली मख्ख छ,

खान कहाँ पाउँला भनी, माझी दिक्क छ ।

चोरी औँला चम्केर, चोरी ल्याउँला भन्छ,

चोरी गर्नेहरूलाई, झ्यालखानामा थुन्छ ।

कान्छी साँइली माइली, खिन्न खिन्न छन्

चोर औँलालाई सबले, चोरै ठान्दछन् ।

धत् पापी चोर्ने काम, म कहाँ गर्छु र ?

सबैबाट परै बस्छु, म कहाँ फस्छु र ?

चोरी दसैं नमान्ने, सब सल्लाह मिलेछ,

चोरी ल्याउँला भन्ने चोर, एक्लै परेछ ।

———————————————

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP