बालकविताः दसैं आयो रे ! – Sarangi News

दसैं आयो रे ! (बालकविता)

                    फेसबुक कवि, दोलखा

खाना नाना जमारामा, दसैं आयो  रे,

गाउँ शहर सबैतिर, खुसी छायो रे ।

कान्छी साइँली माझी, चोरी बुढी,

लट्ठा बाटी बाबिया, पिङमा उडी ।

दस‌ैं आयो दस‌ैं आयो , कान्छी रमाउँछ,

डोरी पिङ् लट्ठा, क‌हिले नाना समाउँछ ।

खाउँला पिउँला भनेर, साँइली मख्ख छ,

खान कहाँ पाउँला भनी, माझी दिक्क छ ।

चोरी औँला चम्केर, चोरी ल्याउँला भन्छ,

चोरी गर्नेहरूलाई, झ्यालखानामा थुन्छ ।

कान्छी साँइली माइली, खिन्न खिन्न छन्

चोर औँलालाई सबले, चोरै ठान्दछन् ।

धत् पापी चोर्ने काम, म कहाँ गर्छु र ?

सबैबाट परै बस्छु, म कहाँ फस्छु र ?

चोरी दसैं नमान्ने, सब सल्लाह मिलेछ,

चोरी ल्याउँला भन्ने चोर, एक्लै परेछ ।

———————————————

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP