Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
बालकविताः दसैँ आयो घुमेर – Sarangi News

दसैँ आयो घुमेर (बालकविता)

कल्पना अधिकारी भट्टराई

दसैँ आयो घुमेर

आँगनमा ल हेर

मखमली फुलेका

सयपत्री झुलेका

आकाशमा हटेर

कालो मैलो बादलु

खुसियाली छाएर

बज्न थाले मादलु ।

खाली मेरो गाउँमा

चहल्पहल् बढेछ

हेर डाँडा पाखामा

बेग्लै लाली चढेछ।

बाबा हाम्रा बाहिर

खानुहुन्छ जागिर

भोलि बाबा आउने रे !

नयाँ नाना लिएर

नयाँ नाना लगाई

चिची खाई रमाई

पिङ खेल्न जाने हो

बाको हात समाई ।

टीका थाप्दै हिँड्ने हो

निधारमा भरेर

खुत्रुकेमा राख्ने हो

पैसा जम्मा  गरेर।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP