Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बालकविताः शरद् ऋतु – Sarangi News

शरद् ऋतु  (बालकविता)                 

– नारायणप्रसाद न्यौपाने

हेर कस्तो शीतलता 

आयो शरद्‌मा ।

जताततै हरियाली

पाखा पखेरामा ।।

खेतभरि धानका बाला

झुलेका छन् धेर ।

आकाश पनि कति सफा

चन्द्रमालाई हेर ।।

जुनेलीको रात पनि

कति राम्रो हुन्छ ।

दसैँ चाड मान्नेको नै

धेरै हुल हुन्छ ।।

केटाकेटी रमाउँदै

चङ्गा उडाउँछन् ।

स्कुल विदा भएपछि

सबै रमाउँछन् ।

न त गर्मी न त जाडो

हुन्छ कस्तो राम्रो ।

सबैलाई प्यारो लाग्ने

शरद ऋतु हाम्रो ।।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP