Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बालकविताः दसैँको रमाइलो – Sarangi News

दसैँको रमाइलो (बालकविता)

-सुशीला शिखा थापा, काठमाडौँ

दसैँ आयो आए हाम्रा खुसीका दिन

बाबा बजार जानु भयो नयाँ लुगा र खसी लिन

न त स्कुल जानु पर्ने न त हुन्छ काम

साथीसंगी खेली रमाई मासु भात खाम

लिङ्गे पिङ खेल्छौँ हामी जोडी बनी बनी

टीका लगाइ पैसा पाउँदा बन्छौँ हामी धनी ।

दसैँ घरमा जमरा राखी देवी पूजा गर्ने

दसौँ दिनमा मान्यजनले टीका जमरा लगाइ दिनु पर्ने ।

टीका लगाउन आउने जाने गरिरहन्छन् साथी

सबै जना भेटघाट हुँदा लाग्छ खुबै जाती ।

हेर हेर महान् चाड दसैँ आयो साथी

सबै जना खुसी देख्दा सारै हुन्छ जाती ।

—————————————————-—————————————————–

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP