बालकविताः दसैँको रमाइलो – Sarangi News

दसैँको रमाइलो (बालकविता)

-सुशीला शिखा थापा, काठमाडौँ

दसैँ आयो आए हाम्रा खुसीका दिन

बाबा बजार जानु भयो नयाँ लुगा र खसी लिन

न त स्कुल जानु पर्ने न त हुन्छ काम

साथीसंगी खेली रमाई मासु भात खाम

लिङ्गे पिङ खेल्छौँ हामी जोडी बनी बनी

टीका लगाइ पैसा पाउँदा बन्छौँ हामी धनी ।

दसैँ घरमा जमरा राखी देवी पूजा गर्ने

दसौँ दिनमा मान्यजनले टीका जमरा लगाइ दिनु पर्ने ।

टीका लगाउन आउने जाने गरिरहन्छन् साथी

सबै जना भेटघाट हुँदा लाग्छ खुबै जाती ।

हेर हेर महान् चाड दसैँ आयो साथी

सबै जना खुसी देख्दा सारै हुन्छ जाती ।

—————————————————-—————————————————–

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम


TOP