Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बालकविताः दसैँ – Sarangi News

दसैँ  (बालकविता)

लक्ष्मी रेग्मी खनाल`चक्षु´

खेतभरि पहेँलो धान कोदो फुल्यो बारीमा ।

बाबा गए बाँसघारीमा आमा नयाँ सारीमा ॥

बाँस काटेर पिङ बनाई दिनुभयो बाबाले ।

म पनि त ! राम्री भएँ फूलबुट्टे जामाले ॥

घर पोत्नलाई कमेरो र रङ्ग चाहिने रातो ।

पिठो कुट्न गाउँभरी चले ढिँकी जाँतो  ॥

छर्न थाले जमरा , बास्ना आयो रोटीको ।

मलाई पनि दर्शन गर्न मन काली कोटीको ॥

दाजु पनि लाहुरबाट आए बोकाइ भरिया ।

मख्ख परिन् भाउजूदेखि नयाँ फरिया ॥

नौ दिनसम्म नौ देवीको  दुर्गा पूजा गर्ने।

सत्यको जित भई यहाँ असुरहरूले हार्ने ॥

दसैँको दिन रातो टीका यो मन खुसी अति ।

आउन साथी गनौँ पैसा भयो कति कति ॥

पूर्णिमाको भोलिपल्ट स्कुल जानुपर्छ ।

नबिर्सनु साथी हाम्ले होमवर्क गर्नुपर्छ ॥

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP