Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
गजलः बसुन्धरा चौहान ‘सुनिता’ – Sarangi News

गजल

   – बसुन्धरा चौहान ‘सुनिता’

पिएँ मात लाग्यो छ बानी अचम्म।

नशा लाग्न खोजेछ पानी अचम्म।

 

सुने हुन्छ हाम्रो कथा जिन्दगीमा,

म पोख्दैछु मेरो कहानी अचम्म।

 

धरा भित्र रम्दा छु बेग्लै खुसीमा,

म देख्दै छु मायाको खानी अचम्म।

 

निखारेर  कालो  हटाएर  जालो,

भलो गर्छु भन्छ खरानी अचम्म।

 

न केही भरोसा न केही छ अर्ती,

 भयो के गरी हेर  दानी अचम्म।


छन्दः भुजङ्गप्रयात/ मुतकारिब

मात्राः १२२  १२२  १२२   १२२

 गण सङ्केतः  ISS    ISS   ISS     ISS

————————————–

गौरादह नगरपालिका वार्ड.नं -२ झापा

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP