Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
सोमबार , अषोज २७, २०८२
विनसाममा गुञ्जिए समयका स्वरहरु – Sarangi News

प्रकाश अधिकारी,
पोखरा ।
विश्व साहित्य महासङ्ग गण्डकी प्रदेशले ११५ औं लक्ष्मी जयन्तीको अवसरमा देवकोटाको स्तुत्यकार्यको प्रशंसा गदै श्रद्धासुमन अर्पण गरेको छ । विनेसामले भर्चुअलरुमा सातै प्रदेशका घगडान कवि तथा साहित्यकारहरुको विशेष उपस्थितीमा लक्ष्मीजयन्ती विशेष रचनावाचन गरेको छ ।

कार्यक्रममा वाचकले विम्ब, प्रतिक र अलाङ्कारले भरिएका छन्द, छन्दमुक्त कविता, गजल, मुक्तक र कथा,लघुकथा सुनाए । सिर्जना मार्फत समयका स्वरुहरु उर्राले । विनेसाम विश्व केन्द्रीय समिति अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले जीवनप्रतिको उत्सुक्ता जीवनको रहस्य कवितामार्फत सुनाए । विनेसामका उपध्यक्ष विजय हितानले पर्यावरण कविता सुनाए । युद्धभूमि इजराइलबाट महासचिव सुनिता रार्ई कन्दङ्वाले शान्तिको कामना गदै माटो सुगन्ध छरिन् । परदेशमा बसेर घरदेशको सम्झना गर्दै मगंल धुनहरुले उपस्थित स्रोता दर्शकलाई रुवाइन् । विशेष वाचकहरुले देवकोटालाई असिम स्मरण गरे । विनेसाम कोशी प्रदेशका अध्यक्ष मुना आत्रेय, बागमती प्रदेश अध्यक्ष तोयनाथ सुवेदी, गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारी, लुम्बिनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेल, कणर्ाली प्रदेश अध्यक्ष चन्द्र रावत गुराँसले आफ्ना रोज्जा कविता, गजल, मुक्तक र कथा,लघुकथा सुनाए ।


विनेसाम विश्व केन्द्रीय समिति अध्यक्ष तथा प्रमुख अतिथि परदेशीले देवकोटाको स्तुत्यकार्यकौ लागि नेपालीले चिरकाल सम्म सम्मान गर्नपर्ने बताए । उनले देवकोटाको साहित्यक श्रेष्ठतालाई शब्दमा व्यक्त गर्नै नसकिने बताए । विशिष्ट अतिथि सुनिता राई कन्दङ्वा र विनेसाम नेपाल शाखा अध्यक्ष कल्पना पौडेल जिज्ञासुले गण्डकी प्रदेश समितीको सक्रियता र सिर्जनशिल कार्यको खुलेर प्रशंसा गरे । विनेसाम गण्डकीका सल्लाहकार, प्रसिद्ध साहित्यकार रुपिन्द्र प्रभावीले गण्डकी प्रदेश साहित्य, सङ्गीत र संस्कृतीको उर्वर भूमी भएको भन्दै यहाँको साहित्य, सङ्गीत र संस्कृतीलाई विश्वसामु पुर्याउनको लागि महत्पूणर् भूमिका खेल्ने विश्वास व्यतm गरे ।

विनेसाम गण्डकी अध्यक्ष लेखक तथा पत्रकार प्रकाश अधिकारीको अध्यक्षतमा करिब डेढ घण्टा चलेको भर्चुअल कार्यक्रममा विनेसाम विश्व केन्द्रीय समितिका उपाध्यक्ष द्धोय विजय हितान र गोविन्द गौतम, प्रसिद्ध लेखक शिव सस्मित, सामाजिक व्यतिmत्व दिलु बिटालु , विश्व समिति, नेपाल शाखा र जिल्ला शाखाहरुको सहभागिता रहेको थियो । संस्थाका कोषाध्यक्ष सावित्रा गिरीको स्वागत तथा सचिव प्रेम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा सहभागी विशेष वाचक तथा अतिथिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP