Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
विनसाममा गुञ्जिए समयका स्वरहरु – Sarangi News

प्रकाश अधिकारी,
पोखरा ।
विश्व साहित्य महासङ्ग गण्डकी प्रदेशले ११५ औं लक्ष्मी जयन्तीको अवसरमा देवकोटाको स्तुत्यकार्यको प्रशंसा गदै श्रद्धासुमन अर्पण गरेको छ । विनेसामले भर्चुअलरुमा सातै प्रदेशका घगडान कवि तथा साहित्यकारहरुको विशेष उपस्थितीमा लक्ष्मीजयन्ती विशेष रचनावाचन गरेको छ ।

कार्यक्रममा वाचकले विम्ब, प्रतिक र अलाङ्कारले भरिएका छन्द, छन्दमुक्त कविता, गजल, मुक्तक र कथा,लघुकथा सुनाए । सिर्जना मार्फत समयका स्वरुहरु उर्राले । विनेसाम विश्व केन्द्रीय समिति अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले जीवनप्रतिको उत्सुक्ता जीवनको रहस्य कवितामार्फत सुनाए । विनेसामका उपध्यक्ष विजय हितानले पर्यावरण कविता सुनाए । युद्धभूमि इजराइलबाट महासचिव सुनिता रार्ई कन्दङ्वाले शान्तिको कामना गदै माटो सुगन्ध छरिन् । परदेशमा बसेर घरदेशको सम्झना गर्दै मगंल धुनहरुले उपस्थित स्रोता दर्शकलाई रुवाइन् । विशेष वाचकहरुले देवकोटालाई असिम स्मरण गरे । विनेसाम कोशी प्रदेशका अध्यक्ष मुना आत्रेय, बागमती प्रदेश अध्यक्ष तोयनाथ सुवेदी, गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारी, लुम्बिनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेल, कणर्ाली प्रदेश अध्यक्ष चन्द्र रावत गुराँसले आफ्ना रोज्जा कविता, गजल, मुक्तक र कथा,लघुकथा सुनाए ।


विनेसाम विश्व केन्द्रीय समिति अध्यक्ष तथा प्रमुख अतिथि परदेशीले देवकोटाको स्तुत्यकार्यकौ लागि नेपालीले चिरकाल सम्म सम्मान गर्नपर्ने बताए । उनले देवकोटाको साहित्यक श्रेष्ठतालाई शब्दमा व्यक्त गर्नै नसकिने बताए । विशिष्ट अतिथि सुनिता राई कन्दङ्वा र विनेसाम नेपाल शाखा अध्यक्ष कल्पना पौडेल जिज्ञासुले गण्डकी प्रदेश समितीको सक्रियता र सिर्जनशिल कार्यको खुलेर प्रशंसा गरे । विनेसाम गण्डकीका सल्लाहकार, प्रसिद्ध साहित्यकार रुपिन्द्र प्रभावीले गण्डकी प्रदेश साहित्य, सङ्गीत र संस्कृतीको उर्वर भूमी भएको भन्दै यहाँको साहित्य, सङ्गीत र संस्कृतीलाई विश्वसामु पुर्याउनको लागि महत्पूणर् भूमिका खेल्ने विश्वास व्यतm गरे ।

विनेसाम गण्डकी अध्यक्ष लेखक तथा पत्रकार प्रकाश अधिकारीको अध्यक्षतमा करिब डेढ घण्टा चलेको भर्चुअल कार्यक्रममा विनेसाम विश्व केन्द्रीय समितिका उपाध्यक्ष द्धोय विजय हितान र गोविन्द गौतम, प्रसिद्ध लेखक शिव सस्मित, सामाजिक व्यतिmत्व दिलु बिटालु , विश्व समिति, नेपाल शाखा र जिल्ला शाखाहरुको सहभागिता रहेको थियो । संस्थाका कोषाध्यक्ष सावित्रा गिरीको स्वागत तथा सचिव प्रेम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा सहभागी विशेष वाचक तथा अतिथिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP