चिसो यामः बालकविता – Sarangi News

बाल कविता : चिसाे याम

     – सरिता पराजुली

स्कुल जाने बेला भयाे

निला भए ओठ

कक्क्रकिए हात खुट्टा

लड्दा लाग्याे चाेट ।

     चिसा चिसा कक्षा काेठा

     घाम देखिँदैन

     लेख्न लाग्याे हातै काँप्छ

     लेख्नै सकिँदैन ।

टिफिनकाे चिसाे खाजा

सकिँदैन खान

बरु मज्जा लाग्छ खेल्न

मैदानमा जान ।

     आँखा, नाक रसाएर

     बग्न थाल्छन् धारा

    कसाे गरी अघि बढ्लान्

    भविष्यका तारा ।

———————————————–

चन्द्रागिरि -१५ काठमाडाैं

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज


TOP