Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
चिसो यामः बालकविता – Sarangi News

बाल कविता : चिसाे याम

     – सरिता पराजुली

स्कुल जाने बेला भयाे

निला भए ओठ

कक्क्रकिए हात खुट्टा

लड्दा लाग्याे चाेट ।

     चिसा चिसा कक्षा काेठा

     घाम देखिँदैन

     लेख्न लाग्याे हातै काँप्छ

     लेख्नै सकिँदैन ।

टिफिनकाे चिसाे खाजा

सकिँदैन खान

बरु मज्जा लाग्छ खेल्न

मैदानमा जान ।

     आँखा, नाक रसाएर

     बग्न थाल्छन् धारा

    कसाे गरी अघि बढ्लान्

    भविष्यका तारा ।

———————————————–

चन्द्रागिरि -१५ काठमाडाैं

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP