मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानमा नयाँ नेतृत्व – Sarangi News

माधव घिमिरे ‘अटल’

पोखरा । पर्वत जिल्लाको मल्लाजस्थित मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानको बीसौँ साधारण-सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ ।

एवम विशेष साहित्यिक कार्यक्रममा स्रष्टा पदयात्रीहरूलाई आमन्त्रित गरिएको थियो ।  स्रष्टा पदयात्रीको तर्फबाट खोलाघरे साहिँलो, घनश्याम प्रसाई, गङ्गाप्रसाद भेटवाल, प्रतीक घिमिरे, वसन्त रिजाल, डा• बालचन्द्र मिश्र, माधव घिमिरे ‘अटल’, रूबि सत्याल, सुमन पुडासैनी ‘मित्र’, माधवलाल श्रेष्ठ, विमल अर्याल, परशुराम परासर र शारदा पराजुलीले आआफ्ना रचना वाचन गरेका थिए ।

त्यसरी नै प्रतिष्ठानका केदारनाथ पौडेल, हरिकृष्ण आचार्य, गोपालप्रसाद आचार्य, अमृत बरूवाल, मनोहर पौडेल, हरिप्रसाद पौडेल(हरि लाटो), जीवन मल्ल, लीलानाथ असन्तोषी, गणनाथ पौडेल तथा अभ्यागतहरू प्रकाश अधिकारी,ध्रुबराज शर्मा र शिव सस्मितले पनि आआफ्ना सिर्जना सुनाएको स्रष्टा पदयात्री संयोजक गङ्गाप्रसाद भेटवालले अवगत गराए ।

अधिवेशनको उद्घाटन-सत्रको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष दीपक मल्लले गरेका थिए भने प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य थिए ।

साहित्य समाजको दिशानिर्देश हो – पालिका अध्यक्ष राजुप्रसाद आचार्य

ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गरेका प्रमुख अतिथि आचार्यले समाज रूपान्तरणमा लागेको मान्छेलाई कर्मचारीले भ्रष्ट बन्न सिकाई स्वाभिमान ध्वस्त पारेको आफ्नो कटु अनुभव सुनाए । आफू साहित्यकार बन्न नसकेकोमा चुकचुकाउँदै उनले साहित्य आफ्नो पूर्वजन्मको कमाइ नभएको लख काटे । समाजमा देखिएका तडकभडकप्रति कटाक्ष गर्दै उनले सारा नकारात्मक विषय सच्याउने एउटा मात्र कुरा साहित्य भएको तर्क गरे । साहित्य बालककालदेखि नै सिकाउनुपर्ने राय व्यक्त गर्दै उनले साहित्य उन्नयनका निम्ति आएका संस्थागत प्रस्तावलाई सहर्ष स्विकार्ने वाचासमेत गरे ।

त्यसरी नै विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारी, म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुबराज शर्मा, पुलस्त्य साहित्य समाजका उपाध्यक्ष शिव सस्मित, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष मोहनबहादुर मल्ल तथा स्रष्टा पदयात्राका संयोजक शीतल गिरीले कला, साहित्य र संस्कृति उन्नयनबारे आआफ्नो धारणा अभिव्यक्त गरेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष केदारनाथ पौडेलले आगन्तुक अभ्यागत तथा साहित्यानुरागीहरूलाई स्वागत गरेका थिए । सचिव गोपालप्रसाद आचार्यले सहजीकरण गरेको सो कार्यक्रमको समापन दीपक मल्लले गरेका थिए ।

 प्रतिष्ठानमा नयाँ नेतृत्व

छैटौं अधिवेशनको सो कार्यक्रमको दोस्रो सत्रमा केदारनाथ पौडेलको अध्यक्षतामा प्रतिष्ठान हाँक्नका निम्ति तेह्र सदस्यीय कार्य समिति चयन गरेको छ जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः शेषराज रेग्मी ‘बाबु’, हरिप्रसाद पौडेल ‘लाटो’, अमृता पौडेल रेग्मी र जीवन मल्ल ‘असफल’ निर्वाचित भएका छन् ।

प्रतिष्ठानको सदस्यहरुमा क्रमशः मनोहर पौडेल, गोपाल प्रसाद आचार्य , सनिता कार्की, हरिकृष्ण आचार्य, बलराम रेग्मी , तुलसी रेग्मी पौडेल , अमृत बरुवाल र हरि जिसी चयन भएको नवनिर्वाचित सचीव हरि पौडेल ‘लाटो’ले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP