सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक तथा बिद्यार्थीको शैक्षिक अवस्था बारे छलफल तथा अभिभावक भेला सम्पन्न। – Sarangi News

लमजुङ सुर्यपाल। आ.व. २०७९/०८० को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक तथा बिद्यार्थी को शैक्षिक अवस्था सुधार बारे छलफल कार्यक्रम का साथै अभिभावक भेला सम्पन्न भएको छ। सुर्यपालमा भएको उक्त कार्यक्रममा शिक्षक, अभिभावक बिद्यार्थी समुदाय र सरोकारवाला बिच आपसी मेलमिलाप कायम हुने गरि शैक्षिक विकास एवम् स्तर उन्नति का लागि कदम चाल्ने उद्देश्य का साथ भएको हो। मिति २०८० मंसिर ८ गते शुक्रबार मध्यनेपाल न.पा. -३ सुर्यपालमा अवस्थित श्री राम वालोदय आधारभूत बिद्यालयमा आ.व. २०७९/०८० को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक तथा बिद्यार्थी को शैक्षिक अवस्था सुधार बारे छलफल कार्यक्रम का साथै अभिभावक भेला शिक्षक रामकुमार श्रेष्ठ को सञ्चालनमा सम्पन्न भएको छ ।कार्यक्रम बिद्यालय का शिक्षक अभिभावक संघका अध्यक्ष गंगा थापा को अध्यक्षता मा शिक्षक श्री रामकुमार श्रेष्ठले सञ्चालन गर्नु भएको थियोे ।
बिद्यालयका स.प्र.अ.मनमाया साखी को स्वागत मन्तव्य , बिद्यालय का प्रधानाध्यापक बाबुराम साँखी को बिषय प्रवेश ,पुर्व प्र अ परशुराम न्यौपाने को कार्यक्रम को ओैचित्य सगै कार्यक्रम अगाडि बढेको थियोे । कार्यक्रममा छलफल का क्रममा शिक्षक र अभिभावकको दायित्व बिषयमा आ आफ्नो बिचार प्रस्तुत गरिएको थियो ।
सामाजिक लेखा परिक्षण समिति सदस्य शिक्षिका अर्चना अधिकारी पौडेलले सामाजिक परिक्षण प्रतिवेदन २०८० प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा मध्यनेपाल नगरपालिका ३ नं वडा कार्यालय सुर्यपाल का वडाध्यक्ष केशव न्यौपाने ,बिद्यालय व्यवस्थापन समिति का अध्यक्ष नेत्र बहादुर बस्नेत ,जनप्रतिनिधि चित्र बहादुर थापा,बि व्य स सदस्यहरु बाबुराम बस्नेत,अस्मिता न्यौपाने ,सोविता साँखी,सुमित्रा श्रेष्ठ,शि अ संघ सदस्यहरु पुजा नेपाली ,मनिषा नेपाली पुर्व कर्मचारी राम बहादुर थापा, सा ले प समिति सदस्य लक्ष्मी प्रसाद साँखी , पुर्व शि अ संघ अध्यक्ष कुल प्रसाद न्यौपाने लगायत अन्य अभिभावक हरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै जन प्रतिनिधि चित्रबहादुर थापा ले बिद्यार्थी को शैक्षिक अवस्था को वर्तमान स्थिति ,बि व्य स अध्यक्ष नेत्रबहादुर बस्नेत ले बिद्यालय ले चाल्न सक्ने आगामी कदम र वडाध्यक्ष केशव न्यौपाने ले बिद्यालय को शैक्षिक अवस्था सुधार का निम्ति गर्नसकिने र गर्नुपर्ने पहल बारे बताउनु भएको थियो । र यस्ता कार्यक्रम हरुले बिद्यालय बिद्यार्थी शिक्षक ,अभिभावक बिचको सिर्जनात्मकता आत्मियता मा थप हौसला प्रदान हुने बिस्वास तथा सिर्जनात्मक कार्यक्रम हरु ले निरन्तता पाउने अपेक्षा बिद्यालय परिवार गर्दछ।कार्यक्रममा शिक्षक स्टाफ शैक्षिक अवलोकन ४ दिने भ्रमण (मंसिर १-४ )को प्रतिवेदन शिक्षक रामकुमार श्रेष्ठले गर्नु भएकोथियो भने समापन शि अ संघ अध्यक्ष गंगा थापाले शैक्षिक गुणस्तर सुधारका लगि सबै आफ्नो ठाउबाट लागिपर्नु पर्ने कुरामा जोड दिदै कार्यक्रम लाई समापन गर्नु भएको थियो।कार्यक्रम को अन्त्यमा बिद्यालय को शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बिद्यालय प्रशासन शिक्षक स्टाफ जस्तोसुकै कदम पनि चाल्न तयार रहेको कुराको जानकारी बिद्यालयका प्र अ बाबुराम साखी ले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP