Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान र १ दिने अन्तरक्रिया कार्यक्तम सम्पन्न। – Sarangi News

लमजुङ। लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान तथा १ दिने अन्तरक्रिया कार्यक्रम मध्यनेपाल नगरपालिका दुईपिप्लेमा र्यालि सहित आज सम्पन्न भएको छ।

“लैंगिक समानताको लागि समान सोच र व्यबहार: समृद्दिको आधार” लैंगिक समता र समानता, समाजको आबश्यकता” पितृसतात्मक सोच, परिवर्तन गरौ” ” महिलाको सुरक्षा, सम्मन र रोजगार: समृद्द नेपालको आधार” सभ्य समाजको पहिचान, लैंगिक समाजको पहिचान, लैंगिक हिंसाको बिरुद्दको अभियान” समानताको पुस्ता: अन्त्य गरौं हिंसा विभेद र असमानता” सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनिश्चितता” लैंगिक हिंसा अन्त्यको प्रतिवद्दता: व्यक्ती समाज र सबैको ऎक्यवद्दता” सहितको मुल नाराहरु सहित दुईपिप्ले बजार परिक्रमा गरिएको थियो भने गौरी शंकर आमा समुहको भवनमा कोणसभाको रुपमा परिणत भएको थियो।

मध्यनेपाल नगरपालिकाको आयोजनमा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेले लैंगिक हिंसाको १६ दिने अभियान सहित मानव अधिकार दिवसको बारेमा र मानव अधिकारका बारेमा स्पष्ट पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो।

त्यस्तै नगरपालिकामा कार्यरत अधिकृत सातौं सुरज अधिकारिले लैंगिक हिंसाको बारेमा लैगिक हिंसा के हो? यो कसरी शुरुवात भयो र किन मनाउन थालियो। हिंसा भएको खण्डमा कुन कुन निकाय मार्फत समाधान तर्फ उन्मुख हुने, कुन कुन हिंसामा के के सजाय कुन कुन निकायले के कसरी हेर्दछन भन्ने बारेमा बताउदै अन्तराष्ट्रीय राष्ट्रिय रुपमा मनाउन थालिएको बारेमा स्पष्ट पार्नु भएको थियो।

यस्तै गरेर वडा नं २ का वडा अध्यक्ष पदम बहादुर श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष ओमवीर गुरुङ, कार्यपालिका सदस्य बाल कुमारी उच्चैं एवम ईप्रका भोर्लेटारका प्रमुख राजाराम खडकाले मन्तब्य सहित लैंगिक हिंसाबारेमा बोल्दै हिंसा हुन नदिन र भएमा यसबाट कसरी समस्याको समाधान तर्फ लाग्ने बारेमा बोल्नु भएको थियो।

वडा नं ४ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठको अध्यक्षको अध्यक्षतमा एवम नगर उप प्रमुख सीता गुरुङको प्रमुख आतिथ्यमा भएको थियो। प्रमुख अतिथी गुरुङले ब्यानर पढेर उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथिले महिलाको न्युन उपस्थिति माथी प्रश्न उठाउदै महिला मात्र पिडित नभै केही समाजमा महिलाका नाममा कथित कानुनको दुरुपयोग गरेर पुरुषलाई हिंसा पिडित बनाउनेहरुले हामी जस्तालाई बद्नाम गराएको छ भन्दै कसैले पनि कानुनको दुरुपयोग गरि कुनै पनि हिंसामा संलग्न नहुन अनुरोध गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्ष श्रेष्ठले उपलब्धी मुलक कार्यक्रमले हामिलाई केही न केही सिकाएको छ र हामिले सिकेका कुरा सबैले टोल टोलमा बस्तिमा खेतालो पैचो पानी पधेरोमा जहाँ जाँदा पनि एकापसमा साटसाट गर्न अनुरोध गर्दै कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन सबै टिमलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP