Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
छैटौ राष्ट्रपती रनिङ शिल्ड हिमाली आवासिय विद्यालयको पोल्टामा। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिका स्तरिय छैटौ राष्ट्रपती रनीङ शिल्ड २०८० को उपाधी हिमाली आवासिय विद्यालय भोर्लेटारले
हात पार्न सफल भएका छन। ०९ स्वर्ण ०२ रजत र ०३ कास्य गरी जम्मा १४ पदक सहित हिमालि आवासिय विद्यालय प्रथम हुन सफल भएका हुन। दित्तिय हुने ईशानेस्वर माविले ०८ स्वर्ण, ०५ रजत् र ०६ कास्य गरी जम्मा १९ पदक सहित दोस्रो स्थान हासिल गरेका थिए। त्यस्तै ०४ स्वर्ण, ०६ रजत र ०५ कास्य सहित जम्मा जम्मा १५ पदक सहित कुशुमाकर विद्यालय तेस्रो स्थान हासील गर्न सफल भएका थिए।

मङ्सिर २८ गतेदेखी ईशानेश्वर माविको प्राङणमा मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्ययमा उद्घाटन भै शुरु भएको राष्ट्रपती रनिङ् शिल्ड आज ३० गते शनिवार सम्पन्न भएको हो। नगरपालिका भरका सरकारी तथा आवासिय बिद्यालयको विद्यार्थीहरुको सहभगिता रहेको रनिङ् शिल्डमा उद्घाटन सत्र पुर्व सम्पूर्ण बिद्यालयका बिद्यार्थी र शिक्षकहरुको सहभगितामा बाजागाजा सहितको मार्च पास भोर्लेटार बजार पारीक्रमा गरेको थियो।

तीन दिने रनिङ शिल्डमा भलिवल, ज्याबलिन थ्रो, हाईजम, लङ जम, ट्रिपल जम, दौड (सय, दुई सय, तीन सय र चार सय मिटर), रिले(सय गुणा चार र चार सय गुणा चार) लगायतका छात्र तथा छात्रा तर्फका खेलहरु भएको थियो।

त्यस्तै गरेर प्रथम हुने हिमालि आवासियले रु १५००० सहित ट्रफी, मेडल र प्रमाण पत्रहरु, दोस्रो हुने ईशाने श्वर माविले रु १२००० सहित् ट्रफी, मेडल र प्रमाण पत्रहरु, र तेस्रो हुने कुशुमाकर विद्यालयले रु १०००० सहित ट्रफी, मेडल र प्रमाण पत्रहरु प्राप्त गरेका छन। बिजेता तथा उपबिजेता विद्यालयहरुलाई वडा नं ६ का वडा अध्यक्ष बिष्णु भक्त पौडेल, ईशानेस्वर माबिका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम भक्त पौडेल, प्रअ राम कृष्ण घिमिरेले ट्रफी मेडल र प्रमाण पत्रहरु बितरण गर्नु भएको थियो।

अन्त्यमा कार्यक्रमका सभा अध्यक्ष तथा ईशाने स्वर माविका विद्यालय व्यवस्थापना समितिका अध्यक्ष राम भक्त पौडेलले बिजेता उप बिजेता सबै विद्यालयलाई बधाई दिदै सहभागि भएका विद्यालयलाई आगमि बर्षहरुमा पूर्ण तयारीका साथ सहभागि हुन र हरेक विद्यालयले खेलहरुलाई अतिरिक्त र प्राथमिकताको रुपमा राख्न अनुरोध गर्दै ब्यवस्थापना टिम र आयोजक नगरपालिकालाई धन्यवाद दीदै कार्यक्रमको समापन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP