बालकविता : अब गन्छु म – Sarangi News

अब गन्छु म (बाल कविता)

सरस्वती भट्ट

म्याउँ गर्छ बिरालो

सुरी भन्छु म,

कति मुसा मार्दो रै’छ

अब गन्छु म ।

म्याँ म्याँ गर्छ मने पाठो

आइज भन्छु म,

कति पटक उफ्रिन्छ

अब गन्छु म ।

आइँ गर्छ आइँ पाडी

हजुर भन्छु म,

कति मुठा घाँस खान्छ

अब गन्छु म ।

इँही इँही सानी नानी

ह्याँ आऊ भन्छु म,

रुँदै हाँस्दै कति गर्छिन्

अब गन्छु म ।

—————–
२०८०-०९-०३
लमजुङ (हालः दमौली, तनहुँ)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP